होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी

काठमाडौं । वैकल्पिक व्यवस्था नगरी आफूहरुलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्। राज्यबाट जबरजस्ती विस्थापन गरिएको भन्दै विभिन्न कम्युनिस्ट घटकहरूले विरोध प्रदर्शन गरेका हुन्। काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी बस्ती हटाएको आरोप लगाएका छन्।

उनीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि दमन गरिएको भन्दै तत्काल निष्कासन प्रक्रिया रोक्न र सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरूद्ध नाराबाजी पनि गरेका थिए। सुकुम्बासीहरूको आवासको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक बसोबासको व्यवस्था नगरी कुनै पनि बस्ती हटाउन नहुने तथा भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग उनीहरुका छन्। विकल्प नदिई हटाइए पुरानै ठाउँमा फर्किने उनीहरुको चेतावनी छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न असार १९ गतेसम्मको समय दिएको छ। गत वैशाखमा काठमाडौं उपत्यकाका नदीकिनारका बस्ती हटाइएपछि त्यहाँका बासिन्दालाई होल्डिङ सेन्टरमा राखिएको थियो। तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल