बाढी पहिरोप्रति सचेत रहन प्रभु साहको आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले बाढी र पहिरोको खतराबाट जोगिन सबैलाई सचेत गराएका छन् ।

पुर्व मन्त्री तथा सांसद समेत रहेका साहले देशका विभिन्न जिल्लाहरुमा आएको बाढी पहिरोबाट भएको क्षति’bout दुःख व्यक्त गर्दै सावधानी अपनाउन आम नागरिक र सरकारलाई अनुरोध गरेका छन् ।

उनले सिन्धुपाल्चोक, गुल्मी, बझाङ, म्याग्दी लगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको बताएका छन् ।

वेपत्ता र घरबारविहिन भई विचल्लीमा परेकाहरुका लागी तत्काल उद्दार तथा राहत कार्यमा जुट्न सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउदै उनले सुरक्षा निकायसहित विपद व्यवस्थापनमा खटिने निकायलाई तयार रहन आग्रह गरेका छन् । आगामी केही दिन अविरल वर्षा हुने बाढी पहिरो आउने सम्भावना उच्च रहेकोले आ–आफ्नो पूर्व तयारी गर्न आम नागरिकलाई अनुरोध समेत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सांसद साहले भनेका छन्, ‘नेपालमा मनसुन वर्षा थप सक्रिय भईसकेकोले सिन्धुपाल्चोक लगायत देशका बिभिन्न जिल्लामा बाढी, पहिरो तथा डुबानका कारण ठूलो मानवीय र धनमालको क्षति भएको घटनाप्रति गहिरो दुख, मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा यस प्राकृतिक प्रकोपबाट प्रभावित परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दै वेपत्ता र घरबारविहिन भई विचल्लीमा परेकाहरुका लागी तत्काल उद्दार तथा राहत कार्यमा जुट्न सम्बन्धित पक्षहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

अबको ३÷४ दिनसम्म देशभर अझ भारी वर्षा हुने भएकोले मुख्यतः पहाडमा पहिरो तथा तराई–मधेशमा बाढी र डुबानको थप समस्या आउन सक्ने पूर्वानुमान मौसमविदहरुले गरेका छन् ।

‘यस जोखिमयुक्त विपतको समयमा तपाई सम्पूर्णलाई विशेष सतर्क रही आ–आफ्नो स्थान र स्तरबाट सहयोगी बन्न तथा तीनै तहका सरकार र मुख्यतः सुरक्षा एवं स्वास्थ्य क्षेत्रमा संलग्न (नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस आदि) व्यक्ति र संस्थाहरुलाई उद्धार तथा सहायताका लागी हरदम तत्पर–तयारी अवस्थामा रहन आग्रह समेत गर्दछु’ साहले भनेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीवारदेखि चार दिनसम्म पानी पर्ने पूर्वानुमान रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध