रुपन्देही । मायादेवी गाउँपालिका–१ खोदखोदिया बस्ने २५ वर्षीय प्रभुदयाल मिश्रलाई १५ बर्षीया किशोरी बलात्कार गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मिश्रले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उदयपुर, चौदण्डीगढी नगरपालिका–६ सातधारे बस्ने २५ वर्षीय सुनिल कुँवरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । कुँवरले किशोरीलाई ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)






