वुल्भरह्याम्पटन युरोपा लिगको क्वाटरफाइनलमा

लन्डन । इंग्लिस फुटबल क्लब वुल्भरह्याम्पटन वान्डरर्स युरोपा लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । वुल्भरह्याम्पटन ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

गएराती भएको दोस्रो लिगको खेलमा ग्रीसको ओलम्पियाकोसलाई १–० ले हराउँदै वुल्भरह्याम्पट क्वाटरफाईनलमा पुगेको हो । पहिलो लेगमा १–१ गोलको बराबरीमा समेटिएको वुल्भरह्याम्पटनले समग्रमा ग्रीक टोलीमाथि २–१ को जित निकाल्न सफल भयो ।

युरोपा लिगकै अन्य खेलहरुमा स्कटल्याण्डको रेन्जर्सलाई हराउँदै जर्मनीको बायर लिभरकुजेन, इटालीको एएस रोमालाई हराउँदै स्पेनको सेभिया र जर्मनीको फ्र्याङ्कफर्टलाई हराउँदै स्विटजरल्याण्डको एफसी बाजल पनि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू