गोवा नेपाली समाजको पहलमा भारतमा मृत्यु भएका बोटेका परिवारको उद्धार

काठमाडौं । गत १६ जुलाईमा भारतको गोवामा मृत्यु भएका तिलक बोटेकी श्रीमती तिला बोटे र उनका दुइ सन्तानलाई गोवा नेपाली समाजले नेपाल सम्म ल्याउन उद्धार गरेको छ ।

दाङ बबई गाउपालीका साविक पाँच निवासी तिलक बोटे विगत केही वर्षदेखि रोजगारिको सिलसिलामा भारतको गोवामा बस्दै आएका थिए । केही वर्ष देखि उनको दुबै मृगौला खराब भएको थियो । उपचारकै क्रममा गत जुलाई १६ मा गोवा मेडिकल कलेजमा उनको निधन भएको थियोे ।

महिना बोटेको उपचारका लागि गोवा नेपाली समाज विभिन्न संघ संगठन र गोवामा बस्ने विभिन्न व्यक्तित्वबाट एक लाख रुपैयाँ सहयोग पनि भएको थियो । मृत बोटेकी श्रीमती उमा बोटे र उनका दुई सन्तान लाई गोवा नेपाली समाजले सकुशल नेपालसम्म जानलाइ बसको टिकट व्यवस्था गरिदिएको छ । साथै भारतका वरिष्ठ पत्रकार सामाजिक अभियान्ता प्रभाकर ढगेबाट ८ नगद र गोवा नेपाली समाजबाट पाँचहजार गरि १३ अजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।

पत्रकार प्रभाकर ढगेले गोवामा कार्यरत नेपाली दाजुभाइको गोवाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान रहेको बताए साथै उनले नेपाल भारत दुई देशको भाइचारा सम्बन्ध हजारौं वर्ष पुरानो रहेको र भविष्यमा रहिरहने बताए ।

गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुनले मृत तिलक बोटेका दुई सन्तालाइ पढाइ लेखाइमा आफुले सक्दो सयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रगतिशील नेपाली समाज समाज भारतका केन्द्रीय महासचिव लोकेन्द्र सेर्पालीले तिलक बोटेको अल्पआयु निधनप्रति गहिरो दुख व्यक्त गर्दै आफुहरुले तिलक बोटेको जिबन रक्षाको लागि धेरै पहल गरेको तर सफल हुन नसकेकोमा दुख व्यक्त गरे । विदाइ कार्यक्रममा प्रगतिशील नेपाली समाजका केन्द्रीय सल्लाहकार सदस्य हस्त रसाइली र गोवा नेपाली समाजका कोषाध्यक्ष महेन्द्र पुनले मन्तव्य राखेका थिए ।

उनको उपचारमा  प्रगतिशील नेपाली समाजका केन्द्रीय सदस्यीय हेमराज बिसी दिनेश शर्मा होम राज बस्नेत महत्वपूर्ण सहयोग गरिदिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 489 times, 1 visits today)

epaper

ताजा समाचार

प्रज्ञा प्रतिष्ठानदेखि सेन्सर बोर्डसम्म पदाधिकारी विहीन