सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. ९ का एक वृद्धमा कोरोना पुष्टि भएपछि कसैलाई जानकारी नदिई समुदायमा पु-याइएको छ । उनलाई कोरोना संक्रमण भएको हैन भन्दै झुक्याएर घरमा पु-याएपछि स्थानीयहरु त्रसित बनेका छन् ।
गाउँपालिका अध्यक्ष कार्ण थापा मगरले वडा नं. ९ रिठ्ठेका ७५ बर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएकोमा अस्पतालले उपचार गर्न नमानेपछि परिवारले सिन्धुली घरमा ल्याएको जानकारी आएको बताए ।
काठमाडौंमा उपचारको लागि गएकोमा टेकु अस्पतालबाट पिसिआर जाँच गर्दा उनमा विहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनका अनुसार स्वास्थ्यकर्मी र प्रहरीको टोलीलाई यसका ’boutमा जानकारी लिन घरमै पठाइएको छ । संक्रमितलाई घरमै राखिएको र उपचारका लागि सिन्धुली अस्पतालमा आइसोलेसन वेड नभए पछि शनिबार मात्र सिन्धुलीमाढी ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष थापाले बताए ।
गाउँमा कोरोना संक्रमितलाई ल्याइएको भन्दै स्थानीय त्रसित भएका छन् । स्थानीयले गाउँमा कोरोनाको संक्रमण फैलने भन्दै सम्बन्धित निकायलाई उक्त संक्रमितको सुरक्षित तवरले उपचार गर्न आग्रह गरेका छन् । यसैबीच काठमान्डौ जानुपूर्व दुधौली नगरपालिका सिन्धुलीको डकाहा बजारमा रहेको आफन्तको घरमा बास बसि सार्वजनिक वस चढी काठमान्डौ पुगेको खुलेपछि डकाहा बजार शिल गरिएको छ ।






