तुलसीपुर । बलात्कारको आरोपमा पश्चिम दाङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका – ३ भलानेटी निबासी २३ बर्षका हर्के बहादुर दर्लामी रहेको चिराघाट प्रहरी चौंकीले जानकारी दिएको छ ।
आरोपीले माइलीपानी जंगलमा एक २१ बर्षकी युवतीलाई शनिबार बिहान १० बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । दर्लामीलाई प्रहरीले हिजौ पक्राउ गरेर जबरजीती करणी सम्बन्धी मुद्दा चलाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 509 times, 1 visits today)






