काठमाडाैं । जोरपाटी–सुन्दरीजल सडक खण्डको ७ किलोमिटर सडक निर्माणका लागि ५४ करोडमा आशीष÷सिएम जेभीसँग २०७३ सालमा भएको ठेक्का सम्झौता भएको थियो । २०७५ साल असोज महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको थियो, तर ठेक्का सम्झौताको मिति सकिएको २ बर्ष बित्न लाग्दा पनि सडकको दुरावस्था जस्ताको तस्तै छ ।
यहाँका स्थानियले दैनिक आवत जावत गर्ने मुख्य बाटोको रुपमा रहेको जोरपाटी– सुन्दरीजल सडकको यो दयनिय अवस्था धेरै मिडियाको समाचारको विषय पनि बन्यो । कोरोनाको माहामारीका बेला भएको लकडाउनमा सरकारले कति ठाउँमा सडक बनाएको कुरा ग-यो तर, यो सडक यसपाली पनि सरकारको प्राथमिकतामा परेन ।
पूर्वाधार तथा यातायात मन्त्रालय र गोकर्णेश्वर नगरपालिकाविच भएको ठेक्का सम्झौता अनुसार सार्वजनिक जग्गा भएको ठाउँमा २२ मिटर र व्यक्तिगत जग्गा भएको स्थानमा सडक १४ मिटर सडक चौडा गर्नुपर्ने सम्झौता भएपछि ३० प्रतिशत काम पनि भएको छैन ।
‘शहरी सडक पुर्बाधार सुधार, समुन्नत जिबनको नागरिक आधार’ भन्ने नाराका साथ प्रदेशका शहरीक्षेत्र भित्र पर्ने सडक सुधार गर्ने सरकारको लक्ष्य भए पनि बागमति प्रदेश अन्तर्गत रहेको भौतिक पुर्वाधार मन्त्रालयले जोरपाटी–सुन्दरीजल सडकको खासै चासो दिएको देखिदैन।
अहिले बैकल्पिक रुपमा प्रयोग गरिने नारायणटार कारिडर हुँदै गोकर्ण निस्कने खोलाको बाटो पनि पानी ट्याकर र टिपर आवत जावतले जृण भएको छ ।










