विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा साेमबार साँझ गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि घिमिरेलाई झाडापखाला लागेको थियो । साेमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझबाट मन्त्री घिमिरे निवासमै क्वारेन्टाइनमा बसेका थिए। पखाला र हल्का ज्वरो भएपनि आफ्नो स्वास्थ अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)






