कोरोना जितेर फर्किनेलाई टोलबासीको स्वागत

मोरङ ।  २१ दिनको आईसोलेशन बसाईपछी कोरोना जितेर घर फर्किन पाउँदा विराटनगर-१२ का किशोर धमला हर्षिद थिए । जब घर पुगे उनको खुशिको सीमा नाघ्यो । कोरोना संक्रमित भएर घर फर्किदा समाजले गर्ने दुर्ब्यबहारका घटना सुन्दै आएका धमला परिवारलाई भने टोलबासीले नै स्वागत गरे । फुलका गुच्छा सहित भेला भएका टोलका अगुवाहरुले धमला परिवारलाई स्वागत मात्र गरेनन सामान्य जीवनमा प्रवेश गरेको भन्दै ढाडस समेत दिए ।

कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा जति मन बेचैन थियो फर्किएर घर आउँदा युद्द जितेर आएको अनुभुती भएको धमलाले बताए । श्रमिक नेता धमला भन्छ्न,’ कोरोना संक्रमण जो सुकैलाई हुन सक्छ, तर सवैको समाजले यस्तै व्यवहार गर्ने हो भने यो सामान्य हुन्छ ।’ तर कोरोनाको संक्रमण हुनासाथ समाजले गर्ने दुरव्यबहारले मानिसलाई आत्मबल कमजोर मात्र बनाउने नभै रोगी समेत बनाउन सक्ने बताए । उनले आफुहरूलाई समाजले गरेजस्तै हरेक संक्रमितलाई व्यबहार हुन आवश्यक रहेको बताए ।

परिवारमा पहिलो पटक कोरोना पोजेटिभ भएर विराटनगर महानगरपालिका स्थित मारवाडी सेवा सदनमा आईसोलेशनमा धमलाको परिवारका अन्य सदस्यमा पनि पोजेटिभ देखिएको थियो । यद्यपि कसैमा पनि लक्षण नदेखिएकाले छोरा, छोरी र श्रीमती होम आईसोलेशनमा नै बसेका थिए ।

अहिले उनीहरू सवैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित भएर घरमा बसेका सदस्यहरूलाई पनि टोलबासीले पटक पटक स्वास्थ्य अवस्था बुझ्ने र आवश्यकताका ’boutमा सोधपुछ गर्दा मनोबल घट्न नपाएको धमलाले बताए ।

स्वागत गर्न पुगेका अगुवा पदम श्रेष्ठले कोरोना जितेर फर्किनेहरुमाथी पनि समाजले गर्ने छि छि र दुरदुरको अवस्था अन्त्य हुनुपर्छ सन्देश दिन खोजिएको बताए । अर्का अगुवा जगदिश तिमसिनाले संक्रमण जितेर आएका मानिसलाई हुने दुर्ब्यबहारको अन्त्य गर्न स्वागत गरिएको बताए । उनले भने’ यो बेला दुर्ब्यबहार हैन पुरानै अवस्थामा फर्किन समाजका हरेक सदस्यले सहयोग गर्नुपर्छ। हामी चाहन्छौं हरेक समाजमा यस्तै होस ।’ यस्ता ब्यबहारले सामाजिक सद्भाव कायम राख्ने अगुवाहरूको बुझाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग