एन्फा र एपीएफबीच सहकार्य

काठमाडौं । नेपाली फुटबल खेलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सशत्र प्रहरी बल (एपीएफ) मिलेर काम गर्न सहमत भएका छन् । हल्चोकस्थित एपीएफको हेडक्वार्टरमा आइतबार भएको छलफलमा एपीएफ एन्फासँग सहकार्य गरेर अघि बढ्न सहमत भएका छन् ।

सहमतिअनुसार ग्रासरुट फुटबलको विकास, युवा खेलाडीको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न एन्फा र एपीएफबीच सहकार्य हुनेछ । छलफलमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलको उत्तम भविष्यका लागि युवा खेलाडीको विकासमा ध्यान केन्द्रित गरिरहेको बताए । ‘हामीले हाम्रो युवा प्रणालीलाई अझ राम्रो बनाउने योजना अघि सारेका छौं ।

यसले नेपाली फुटबलको विकासमा मद्दत पु¥याउँछ,’ शेर्पाले भने । एपीएफका महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले एन्फाले मुलुकमा फुटबलको विकासका लागि प्रस्तुत गरेको योजनाप्रति सकारात्मक रहेको बताए । उनले एपीएफले नेपाली फुटबलको विकासमा योगदान पु¥याउन पाउँदा खुसी लागेको समेत बताए । यस्तै, एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले एन्फाले तयार गरेको योजना प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित