घरअगाडि किन रोइन कंगना ?

मुम्बई । बुधबार मात्र आफ्नो घरबाट बलिउड अभिनेत्री कंगना रनौत मुम्बई आइन् । उनी मुम्बई आउनुअघि फिल्म मणिकर्णिकाको कार्यालय भवन मुम्बई नगर निगमको अफिस बीएमसीले भत्कायो ।

अभिनेत्री कंगना आफ्नो भत्किएको अफिस अगाडि पुगेर रोएकी छन् । आफूले निकै मिहिनेत गरेर बनाएको अफिस र भवन बीएमसीले भत्काएपछि उनले आँसु थाम्न सकिनन् । उनी त्यहाँ भावविह्वल भइन् । बीएमसीले डोजर चलाएर उनको कार्यालय बुधबार भत्काएको हो ।

अभिनेत्री कंगनाले बीएमसीको सो कार्यलाई पूर्ण अवैध भन्दै लोकतन्त्रको भारतमा हत्या भएको बताएकी छन् । आफू मुम्बईमा नभएको अवस्थामा छापामार शैलीमा कार्यालयको भवन पूर्ण रूपमा भत्काइएको भन्दै उनी अदालत पुगेकी छन् ।

यी अभिनेत्रीले बम्बे हाई कोर्टमा बिहीबार नगर निगमविरुद्ध मुद्दा हालेकी छन् । उनको कार्यालय भत्काउनुको कारण पेस गर्न भन्दै अदातलले नगर निगमविरुद्ध बिहीबार नै स्टेअर्डर जारी गरेको छ ।

यता बीएमसीले उनको भवनको निर्माण वैध नभएको भन्दै आफूहरूले सही काम गरेको बताएको छ । कंगनाले हालेको मुद्दाको फैसला आगामी २२ सेप्टेम्बरमा हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

epaper

ताजा समाचार

दिक्तेलमा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न