गणेशमान सिंहको स्मृति दिवसमा रक्तदान

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्व. गणेशमान सिंहको २३ औँ स्मृति दिवसको अवसरमा सामाखुसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्याक्रम ७० जनाले रक्तदान गरेका थिए । नेपाली कांग्रेस टोखा नगरपालिका–१०, काठमाडौंको आयोजना तथा नेपाल तरुणदल काठमाडौं जिल्ला सदस्य एवं प्रशिक्षण विभाग प्रमुख तथा युवा नेता दिपक थापाको संयोजकत्वमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बाँनियाको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा बागमति प्रदेशका सभासद् जीवन डंगोल, टोखा नगरपालिका–१० का इकाई सभपति तेज प्रसाद सेढाई, नेपाली काँग्रेस ताकेश्वर नगरपालिका सभापति श्रीकृष्ण थापा, नेपाल रेडक्रस काठमाडौं जिल्ला उप–सभापति कमल नकर्मीको पनि उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा