काठमाडौं । खेमराज हरिकला समाज कल्याण परिषदे प्रदान गर्ने पद्यश्री साधाना सम्मान र साहित्य पुरस्कार यसपाली प्रदान नहुँदै विवादमा प-यो । पूर्व एनआरएन अध्यक्ष एवं साहित्यकार जीबा लामिछाने संरक्षक रहेको उक्त पुरस्कार यसपाली साहित्यकार मोदनाथ प्रश्रित र सञ्जीव उप्रेतीलाई प्रदान गर्ने घोषणा गरिएको थियो ।
प्रश्रितलाई पद्यश्री साधना सम्मान र उप्रेतीको उपन्यास ‘हंस’लाई पद्यश्री साहित्य पुरस्कार दिने घोषणा भए लगत्तै सुवेदी बलात्कार आरोप लागेको व्यक्तिसंग मञ्च शेयर गर्दै पुरस्कार लिन नसकिने धारणा सार्वजनिक गरे ।
उप्रेतीले पुरस्कार लिन अप्ठ्यारो मानेसंगै अर्का पुरस्कृत व्यक्तित्व प्रश्रितले विज्ञप्ती निकालेरै पुरस्कार नलिने घोषणा गरेको समाचार सार्वजनिक भयो । लगत्तै प्रश्रितले केही अनलाइन मार्फत आफुले विज्ञप्ती सार्वजनिक नगरेको धारणा समेत राखे ।
प्रश्रितले यसो भनिरहँदा प्रश्रितको हस्ताक्षर सहितको विज्ञप्ती सामाजिक सञ्जालमा सार्वजनिक भैसकेको थियो ।
यदि प्रश्रितकै कुरा सहि हो भने उनको विज्ञप्ती नक्कली हुनुपर्छ । साहित्यकार एवं कम्युनिष्ट नेता समेत रहेका प्रश्रितलाई नेकपाकी कार्यकर्ता शारदा भुसालले पुस्तक लेखेरै प्रश्रितले आफुमाथी यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।






