काठमाडौं । लकडाउन खुलेपछि गीत संगीतको रेकर्डिङ, म्युजिक भिडियोको छायांकन र रिलिज गर्नेक्रम बढेको छ । अमेरिकामा बस्दै आएका गीतकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष पदम विश्वकर्माले यसै क्रममा आफ्नो नयाँ गीत ‘सोच तिम्रो…’को भिडियो दर्शकमाझ ल्याएका छन् ।
राज सिग्देलले गाएको यो गीतको भिडियोलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । गीतकार पदमले लामो समयदेखि अमेरिकामै रहँदै विभिन्न गीत सिर्जना गर्दै आएका छन् । यस गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा विश्वास पदमले व्यक्त गरेका छन् ।
यस्तै, गीतमा राम कार्कीको संगीत रहेको छ । संगीतकार रामले आफ्नो जीवनमा धेरै गीतमा संगीत भरेको र तीमध्ये मनले राम्रो भनेको लिस्टमा यो गीत पनि पर्ने बताएका छन् । यो गीत को भिडियोमा दीपक आचार्य र इस्टु कार्कीले अभिनय गरेका छन् । उनीहरूको अभिनयलाई दर्शकले रुचाएका छन् । यी दुईसँगै मुना सिलवाल र प्रसन पोखरेल पनि भिडियोमा छन् ।
यो भिडियोलाई सुरेश थापाले निर्देशन गरेका हुन् । भिडियो सागर गौतमले खिचेका छन् । जसमा अभिनायक शेरचनको सम्पादन रहेको छ ।







