चक्रपथ विस्तारको दोस्रो चरणलाई गति दिँदै सरकार

काठमाडौं । सरकारले दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी—महाराजगन्ज धोबीखोला खण्ड विस्तार कार्यलाई तीव्रता दिने तयारी गरेको छ । केही समययता कोरोना भाइरसलगायतका कारण विस्तारमा ढिलाइ हुँदै आएकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले विस्तारको काम तीव्र पार्ने पहल अगाडि बढाएका छन् ।

मन्त्री नेम्वाङको पहलमा एक महिनाभित्र घर भत्काउने र प्रसारण लाइनको टावर सार्नेबाहेकका साइट क्लियरेन्सको काम सक्ने गरी कार्यतालिका तय गरिएको छ ।

चक्रपथ विस्तारको दोस्रो चरणका कामलाई तत्काल गति दिन विभिन्न चार निर्णय भएको मन्त्री नेम्वाङको सचिवालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा भएको सरोकारवालाको बैठकले नेपाल विद्युत् प्राधिकरणले कात्तिक मसान्तभित्र सबै पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सकाउने र पुस मसान्तभित्र कारखाना चोक र सानोभ-याङस्थित हाइ भोल्टेज टावर सार्ने तालिका तय गरेको छ ।

सडक सीमासम्बन्धी रहेको अन्योल’bout राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशीघ्र नीतिगत निर्णय गरिएको छ । काठमाडौं महानगरपालिकासँगको समन्वयमा काठमाडौं चक्रपथ सुधार योजनाले कात्तिक मसान्तभित्र नयाँ बसपार्कको अकासे पुल भत्काउने सहमति भएको छ भने स्वयम्भूस्थित चैत्य कात्तिक मसान्तभित्र हटाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरेर नारायणगोपाल चोकको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कात्तिक मसान्तभित्र सक्ने भएको छ । चीन सरकारको सहयोगमा चक्रपथको दोस्रो खण्ड विस्तार गर्न लागिएको छ । चीनले साइट क्लियर नगरी काम सुरु नगर्ने बताएपछि सरकार साइट क्लियर गर्न जुटेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ