काठमाडौं । गायिका दुर्गा खरेलको स्वर रहेको नयाँ गीत ‘काले केटा २’ अहिले नेपाली संगीत बजारमा चर्चाको विषय बनेको छ । युट्युबबाट सार्वजनिक भएको तीन दिनमै नौ लाख बढी दर्शकले हेरेको उक्त गीतको भिडियोमा पल शाह, आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको छ ।
दुर्गा खरेल र प्रताप दासको स्वर, ध्रुव प्रसाद अमगाँइको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको यो गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ भने युट्युब ट्रेण्डिङमा रहेकाे छ ।
पल, पूजा र आकाशले पहिलो पटक एकसाथ म्यूजिक भिडियोमा काम गरेका हुन् । विधान कार्कीले निर्देशन गरेको यो म्यूजिक भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।
तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)