‘बलात्कारी संगठन’ फेसबुक ग्रुप सञ्चालक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप सञ्चालन गरेको अभियोगमा नवलपरासीका नविन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासीमा पक्राउ परेका बस्नेतलाई काठमाडौै ल्याइएको प्रहरीको साइबर ब्युरोले विज्ञप्ती मार्फत जनाएको छ । बढ्दो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय काठमाडौंमा प्रदर्शनहरु भएका थिए ।

केही समयअघि अधिकारकर्मीले काठमाडौंमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाउदै माइतीघरमा प्रदर्शन गरेका थिए । बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै