सप्तरीमा धमाधम पक्राउ पर्दै अभियुक्त, एक महिनामा २ सय २ पक्राउ

सप्तरी । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार तथा अनुसन्धानका क्रममा फरार रहेकाहरुलाई पक्राउ गर्न अभियान नै चलाएका सप्तरी प्रहरीले एकपछि अर्को सफलता हात पार्दै गएको छ । विगत एक महिनाको अवधीमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका २ सय २ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।

पछिल्लो पटक एक साताअघि एकै दिन विभिन्न अपराधमा संलग्न भई फरार रहेका ३२ जनालाई प्रहरीले पक्राउ गरी अदालत समक्ष बुझाएको थियो । यसरी पक्राउ पर्नेहरुमा कुटपिट, लुटपाट, जालसाजी, लेनदेन, बलात्कार, सवारी ज्यान र ज्यान मुद्दालगायतका छन् । पक्राउ परेका सबै अपराधीलाई अदालत समक्ष उपस्थित गराइएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।

पछिल्लो समय फरार अपराधकी पक्राउ गर्न प्रहरीले आक्रमक अभियान थालेपछि एकपछि अर्को सफलता मिल्दै गएको प्रहरी उपरिक्षक धमलाको भनाई छ । समाजमा भएको विद्यमान अपराध र बिकृती र बिसंगतिहरुलाई निरुत्साहित गर्न सुरु गरिएको अभियानमा सबै सचेत नागरिकले सहयोग गर्नु पर्ने उनको भनाई छ ।

यस्तै नेपालीहरुको महान चाडपर्व बिजया दशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गरि प्रहरीले विशेष सुरक्षा योजनासहित प्रहरी परिचालन गरिएको जनाएको छ । जिल्लाको शक्तिपीठहरुमा आवश्यक निर्देशनसहित प्रहरी परिचालन गरिएको उनको भनाई छ । यस क्रममा विभिन्न क्षेत्रका नागरिकसँग छलफल गरी प्राप्त सुझावका आधारमा आगामी रणनीति र योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह