स्वाथ्यमन्त्री भन्छन् ‘कोरोनाबाट जोगिन साबुन पानीले हात धोऔ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय भानुभक्त ढकालले भिडियो सन्देश जारी गर्दै दशै, तिहार, नेपाल सम्बत, छठ लगायतका चाडपर्वहरू मनाउँदा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

कोरोना महामारी बिरुद्दको लडाईंमा आफ्नो ज्यान जोखिममा राखी उच्च मनोबलका साथ अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरू प्रति उच्च सम्मान व्यक्त गर्दै उनले बिरामीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

यो महामारी विरूद्धको लडाइमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोगप्रति आभार व्यक्त गर्दै उनले मास्कको उचित प्रयोग गर्न, भौतिक दुरी कायम गर्ने र पटक–पटक साबुनपानीले हात धुन आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध रहेको भन्दै उनले देशभरी भेन्टिलेटर सहितको २६ सय आई.सी.यु. तयारी अवस्थामा रहेको जानकारी दिएका छन् । थप ४ सय बेड निर्माण भइरहेको र अक्सिजन र मनिटर सहितको ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई अगाडी बढाइएको भिडियो सन्देशमा उल्लेख छ ।

महामारीको शुरूवाती दिनदेखि नै कोभिड–१९को परिक्षण तथा उपचार निःशूल्क गरिदै आएकोमा नागरिक तथा निजी क्षेत्रको चाहना र माग अनुसार निजी क्षेत्रबाट संचालित प्रयोगशाला र अस्पतालहरूमा कोभिडको परिक्षण तथा उपचार भईरहेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार