थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

काठमाडौँ । थप २ हजार ७३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९९ हजार ७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ६० हजार ५७७ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८५३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३८ हजार ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् । देशभर १ हजार ५८ जना क्वारेन्टिनमा छन् ।

कोरोनाबाट थप २२ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा सङ्क्रमणबाट मर्नेको संख्या १ हजार १४८ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा