काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.७० अंकले बढेको छ । कारोबार भएदेखि नै उकालो लाग्न थालेको नेप्सेमा दोहोरो अंकमा बृद्धि भएको हो ।
कारोबार सुरु भएको दुई घन्टामै ३० अंकभन्दा माथि र १ बज्दा ५० अंकको हाराहारीमा बढेको थियो । निरन्तर उकालो लाग्दै बन्द हुँदासम्म १,८७४ अंकमा पुगेर रोकिएको छ । यो अंक यसअघि नेप्सेले कायम गरेको १,८८१ अंकको कीर्तिमानभन्दा ७ अंकले मात्रै कम हो ।
आज एक करोड ४६ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)






