दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

काठमाडौं । पछिल्लो समय अभिनेता दयाहाङ राई म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यसै क्रममा उनले नयाँ गीत यसो हेरे पूर्वतिर…को भिडियोमा अभिनय गरेका छन् ।

यो गीतको भिडियोमा दयाहाङसँगै एलिशा राईलगायतका कलाकार रहेका छन् । यसअघि दयाहाङ र एलिशाले चलचित्र लुट २ मा सँगै काम गरेका थिए । यो गीतको भिडियो निर्देशन किरण चाम्लिङ राईको रहेको छ ।

‘यसो हेरे पूर्वतिर…’ गायक पदम राईले नयाँ गीत हो । गीतलाई हालै सार्वजनिक गरिएको हो । यो गीतलाई शशि गुरुङ वाङ्देलले लेखेका हुन् । यो गीतमा संगीत पनि शशिकै रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग