क्रसर बन्द हुँदाको धन्धा : ‘स्टक’मा राखेको वालुवा चोरी !

सिन्धुपाल्चोक । निर्माण व्यावसायीहरुले निर्माण कार्यका लागि जम्मा गरिएको वालुवा,गिट्टी लगायतका निर्माण सामग्री नै रातीको समयमा चोरी हुन थालेपछि व्यावसायीहरु मारमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालयले क्रसर सञ्चालनमा रोक लगाएपछि यतिबेला वालुवा,गिट्टी लगायतका सामग्रीहरुको अभाव भएको छ । त्यही अभावको मौका छोपेर राजमार्गमा छेउमा निर्माण व्यावसायीहरुले ‘स्टक’मा राखेको वालुवा चोरी भएको हो ।

अरनिको राजमार्गको कोठे नजिकै स्थानीय विष्णुहरी तिमिल्सिनाको जग्गा भाडामा लिएर अम्बे कनस्ट्रक्सनले स्टकमा राखेएको बालुवा गए राती चोरी गर्दे गर्दा कनस्ट्रक्सनका कर्मचारीहरुले फेला पारेपछि निर्माण सामग्री चोरी हुने गरेको रहस्य पत्ता लागेको थियो ।

‘सम्बन्धीत निकायबाट अनुमती र आवश्यक राजश्व समेत बुझाएर सुनकोशी नदीबाट निकालेर स्टकमा राखेको बालुवा कम हुदै गएपछि, केही दिनदेखि निगरानी गरिरहेका थियौ ।’ अम्बे कनस्ट्रक्सनका प्रतिनिधि कृष्ण क्षेत्रीले भने । ‘गएराती बालुवा चोरी गर्दे गर्दा रंगेहात पक्राउ गरेका छौ ।’ वालुवा चोरी हुने क्रम नरोकिएपछि प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा टोलीलाई समेत खबर गर्दा पनि खासै चासो नदिएको निर्माण व्यावसायीहरुको गुनासो छ ।

रातीको समयमा निर्माण व्यावसायीहरुले स्टक गरिराखेको बालुवा चोरी गर्दे गर्दा वालुवा बोक्न प्रयोग हुदै गरेको बा ४ ख ३९५६ नम्बरको ट्रिपर समेत नियन्त्रणमा लिएको छ । स्काभेटरले ट्रिपरमा वालुवा लोड गर्दे गर्दा आफुहरुले नियन्त्रणमा लिएको अम्बे कनस्ट्रक्सनका कर्मचारी विजय श्रेष्ठले जानकारी दिए ।

वालुवा चोरीमा संलग्नहरुलाई कारवाहीको लागि प्रहरी कार्यालयमा उजुरी दिने श्रेष्ठले बताए । वालुवा चोरी गर्दे गर्दा फेला परेका चालकले आफुलाई ‘काइला’ भन्ने युवाले त्यहाँ गएर वालुवा लोड गर्न भनेपछि आफु गएको बताएका छन् ।अम्बे कनस्ट्रक्सनका प्रतिनिधि कृष्ण श्रेत्रीले भने कोठेका स्थानीय सुनिल श्रेष्ठको मिलेमतोमा आफुहरुले स्टक गरेको वालुवा चोरी गर्ने गरेको आरोप लगाएका छन् । ‘हामी अब ति सबैको नाम राखेर प्रहरीमा उजुरी दिन्छौ,चोरीमा संलग्नहरुलाई कानुन अनुसार कारवाही होस् ।’ क्षेत्रीले भने ।

सेटिङमा उत्खनन

स्थानीय प्रशासनले वर्षाको तीन महिना असार,साउन र भदौमा सुनकोशी लगायतका नदीबाट वालुवा उत्खनन्मा रोक लगाउने गरेपनि सबै सँगको ‘सेटीङ’मा यो वर्ष सुनकोशी नदीको कोठे आसपासबाट सयौ टिप वालुवा अवैध रुपमा उत्खनन् गरिएको थियो । अवैध रुपमा उत्खनन् गरिएको वालुवा जिल्ला समन्वय समितिको अनुगमन टोलीले जफत गरेर ‘शिल’ समेत गरेको थियो । अनुगमन समितिले सिल गरेको वालुवा सम्बन्धीत स्थानीय तहलाई लिलामका लागि दिएपनि बलेफी गाउँपालिकाले लिलाम गर्ने बालुवा स्टकमा नै रहेपनि त्यो समेत चोरी हुने गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

मुख्य राजमार्गको छेउमा नै राती राती वालुवा चोरी हुने गरेपनि प्रहरीले खासै चासो नदिएको स्थानीयको आरोप छ । कोठेमा स्टक गरिराखेको बालुवा अहिलेसम्म गरी ७० टिप भन्दा बढी चोरी भएको कनस्ट्रक्सनका सञ्चालक क्षेत्रीले जानकारी दिए । वालुवा चोरी हुँदा आफुहरुलाई लाखौ घाटा भएको क्षेत्रीले गुनासो गरे ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ