काठमाडौं । नेपालको विश्वासिलो स्मार्टफोन ब्रान्ड सामसुङले हालै आफ्नो एम सिरिजअन्तर्गत ग्यालेक्सी एम५१स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यसमा नेपालमै पहिलोपटक ७००० एमएएचको ब्याट्रीको साथ स्नापड्रागन ७३० जी रहेको छ । यसमा ६.७ इन्चको एमोल्ड प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको छ । साथै सिंगल टेक फिचरको साथ सेगमेन्ट लिडिङ सोनी ६४ मेगापिक्सेलको क्वाड क्यामेरा रहेको छ ।
ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा आमनेपाली ग्राहकको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ । ग्यालेक्सी एम५१ प्रस्तुत गरेसँगै फोनप्रतिको विरासतलाई अझै माथि उठाउन सक्षम भएको बताइएको छ । सदैव नयाँ कुराको प्रयोग गर्न रुचाउने हाम्रा जेन जि एवं मिलेनियललाई यस मोबाइल सेटमा आफूले खोजेको हरेक सुविधा प्राप्त हुनेछ । यसमा एम सिरिजमा रिडिफाइन फिचर राखिएका छन् । यसमा ७००० एमएएचको ब्याट्री राखिएको छ । यसमा भएका सुविधा एवं विशेषताले यसको क्याम्पेन लाइन मेनेस्ट मोनस्टर इभरलाई समेत पुष्टि गरेको छ । सामुसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणयरत्न स्थापितले बताए ।
शक्तिशाली स्नापड्रागन ७३० जीको आधार रहेको छ जसले गर्दा सामसुङ ग्यालेक्सी एम ५१ फोन आफैंमा रोमाञ्चकारी बन्न पुगेको छ । यसमा इन्टलिजेन्ट अन डिभाइस क्वालक एआई इन्जिन स्नापड्रागन एलिट गेमिङलगायत सुविधा तथा स्नापड्रागन७३० जीको साथ एचडीआर गेमिङ, फोरके एचडीआर भिडियो क्याप्चरजस्ता सुविधाले वास्तविकता प्रदान गर्छन् भने एम ५१मा सफा ग्राफिक्स तथा सिनेमाक्वालिटी प्राप्त गर्न सकिन्छ ।
७००० एमएएच ब्याट्री
ग्यालेक्सी एम५१ नेपालको पहिलो ७००० एमएएच भएको मोबाइल हो । यस फोनको बक्ससँगै टाइप सी २५ वाटको चार्जर पनि उपलब्ध रहेको छ, यस चार्जरले चाँडो समयमा मोबाइलको मोन्स्टर ७००० एमएएच ब्याट्री मात्र २ घण्टामा चार्ज गर्ने क्षमता राख्छ । यो फोनमा सिभर्स चार्जिङ पनि उपलब्ध रहेको छ टाइप सीबाटटाइप सी केबलले अन द गोको अवस्थामा पनि आफ्ना जीवन्त अनुभव सेयर गर्ने सुविधा दिन्छ ।
एसएमोल्ड प्लसको साथ इन्फिनिटी ओ डिस्प्ले
ग्यालेक्सी एम ५१ फोनमा दृश्यावलोकनको जीवन्त अनुभव प्रदान गर्न ६.७ इन्चको एसएमोल्ड प्लसको साथ इन्फिनिटी–ओ डिस्प्ले रहेको छ । एसएमोल्डको तुलनामा एसएमोल्ड प्लस डिस्प्ले १३ प्रतिशत पातलो तथा १२ प्रतिशत हलुका रहेको छ । यसले ७००० एमएएचको ब्याट्री राख्दा पनि फोन केवल ९.५ एम एम पातलो तथा २१३ ग्राम तौलको बन्न पुगेको छ । प्यानलले अभूूतपूर्व एंगलमा पनि अनेकौं रंग जस्ताको तस्तै देख्न सकिन्छ । यसमा पिक्चरको गुणस्तरीयता पनि उत्तिकै रहन्छ । ग्यालेक्सी एम ५१ को एसएमोल्ड प्लस डिस्प्लले कम पावर खपत गर्छ ।
६४ मेगापिक्सेल क्वाड क्यामेरा
ग्यालेक्सी एम ५१ को क्वाड क्यामरा सेटपमा, दिन र रातमा अभूतपूर्व फोटो खिच्न ६४ मेगापिक्सलको सोनी आइएमएक्स ६८२ सेन्सर रहेको छ । ग्यालेक्सी एम ५१ मा १२३ डिग्रीको फिल्ड अफ भ्यु रहेको छ जसले गर्दा मानव आँखाले जस्तो देख्छ त्यस्तै फोटो खिच्ने सुविधा प्रदान गर्छ । त्यसैगरी ग्यालेक्सी एम ५१ मा भएको ५ मेगा पिक्सलको डेडिगेटेड लेन्सले क्लोज अप फोटो खिच्दा लाइभ फोकस गर्न सकिन्छ । यसमा फोरकेभिडियो रेकर्ड गर्न सकिनेछ भने हाइपर ल्याप्स, स्लोमो तथा सुपर स्टेडी मोड उपलब्ध रहेका छन् । यस फोनको अगाडि भएको क्यामेराले पनि फोरके भिडियो खिच्छ र स्लोमो सेल्फी पनि खिच्न सकिन्छ । ग्यालेक्सी एम५१ मा शक्तिशाली क्यामेरा हार्डवेरको साथ विशेष सुविधा सिग्नल टेकजस्तो सुविधा पनि राखिएको छ । यसबाट क्यामेराको नयाँ तहको अनुभव प्राप्त हुन्छ । सिंगल टेक सुविधाबाट उत्कृष्ट अवस्थालाई कैद गर्न सक्छ र १० सेकेन्डसम्मको फुटेज खिचेर एआईको माध्यमबाट १० फरक फरक आउट पुट प्रदान गर्छ, जसमा सात प्रकारको फोटो र ३ प्रकारको भिडियो रहनेछन् ।
शक्तिशाली प्रोेसेसर
ग्यालेक्सी एम ५१ मा कम पावर खपत हुने स्नापड्रागन ७३० जी मोबाइल प्लाटफर्मको प्रयोग गरिएको छ र २.२ गिगाहर्जमा अक्टाकोर सीपीयू सञ्चालन हुन्छ । यसअघि एमसिरिज फोनमा यसको प्रयोग गरिएको थिएन । स्नापड्रागन ७३० जीमा क्वालकम एड्रेनो ६१८ जीपीयूको प्रयोगले ग्राफिक्स रेन्डरिङ १५ प्रतिशत चाँडो गर्न सक्छ ग्यालेक्सी एम ५१ मा प्रयोग भएको स्नापड्रागन७३० जीले उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्छ । ग्यालेक्सी एम ५१ ले उत्कृष्ट फोटोग्राफी तथा भिडियोग्राफिमा जीवन्तता प्रदान गर्छ ।
मेमोरी क्षमता, मूल्य तथा उपलब्धता
दुई मेमोरी क्षमता ६-१२८ जीबी तथा ८-१२८ जीबीमा उपलब्ध रहेको यो फोन सेट दुई आकर्षक रंग–इलेक्ट्रिक ब्लु तथा सेलेस्टियल ब्ल्याकमा उपलब्ध रहेको छ । ६-१२८ जीबीको मूल्य ४० हजार र ८-१२८ जीबीको मूल्य ४४ हजारतोकिएको छ ।






