स्वरा भास्कर भन्छिन् ‘किसानसंग मेरो गहिरो नाता छ’

मुम्बई । बलिउड नायिका स्वरा भास्करले भारतमा भइरहेको किसान आन्दोलनमा समर्थन जनाएकी छिन् । सिन्धु बोर्डरमा आन्दोलनमा रहेका किसानको विचमा पुगेकी स्वराले रोटीसंग आफ्नो नाता भएको भन्दै किसानसंग पनि भएको बताइन् ।

किसानहरुका विचमा केही समय बिताएकी स्वराले किसानहरुको तारिफ मात्रै गरिनन् आन्दोलनमा सहभागी किसानको काफी प्रसंसा गरिन् ।

आन्दोलनमा सहभागी हुुनु अघि नै उनले सामाजिक सञ्जालमा किसानको आन्दोलनमा समर्थन जनाएकी थिइन् । किसान आन्दोलनकै सन्दर्भमा स्वरा र कंगना रनौतको विचमा विवाद पनि भएको थियो । किसान आन्दोलको विपक्षमा उभिएकी कंगनाप्रति टिप्पणी गर्दै उनले भनेकि थिइन् ‘राम्रो कलाकार हुँदैमा राम्रो मान्छे नहुने रहेछ ।’

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा