ओली समूहको बैठकमा थापाले भने, ‘क्रान्तिकारी परिवर्तनका लागि प्रतिनिधिसभा विघटन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका छन् ।

पार्टी विभाजनपछि तीन दिनसम्म मौन रहेका थापा विहीवार प्रधानमन्त्री समेत रहेका केपी ओली समुहको बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको आजको बैठकमा गृहमन्त्री थापाले चुनावमा गएर विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गरिने बताए ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति इंगित गर्दै उनले भने ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ । पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई पार्टीले दृढतापूर्वक अघि बढाउने छ ।’

नेता थापाले आफूले कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितका पक्षमा अग्रमोर्चामा रहेर भूमिका खेलेको नेतृत्वलाई साथ दिने स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल