युनाइटेड र सिटी सेमिफाइनलमा भिड्ने

लन्डन । इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति एभर्टनमाथि २–० को जित निकाल्दै युनाइटेडले सेमिफाइनलमा सिटीसँगको भेट पक्का गरेको हो ।

सिटीले मंगलबार राति नै आर्सनलको चुनौती ४–१ ले पन्छाउदै अन्तिम चारको यात्रा तय गरेका थिए । खेल युनाइटेडको मैदानमा हुनेछ । खेल सकिन दुई मिनेट बाँकी रहँदा इडिन्सन काभानी र एन्थोनी मार्सियालले गाल गरेपछि म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० ले पराजित गरेको छ ।

अर्काे खेलमा ग्यारेथ बेल, बिन डेभिस र ह्यारी केनको गोल सहयोगमा टोटेनहम हस्टपरले च्याम्पियनसिप क्लब स्टोक सिटीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा ब्रेन्टफोर्डसँगको भेट पक्का गरेको छ । ब्रेन्टफोर्डले न्युक्यासलको चुनौती १–० ले पन्छाएको थियो । खेल टोटेनहमको मैदानमा हुनेछ । दुवै सेमिफाइनल ४ जनवरीमा नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह