पूर्वप्रधानमन्त्री यसरि उभिए माइतीघर मण्डलामा (फोटोफिचर)

काठमाडौं । दोस्रो पटक प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि मन्त्रिपरिषद बैठकले माइतीघर मण्डला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा ग¥यो । तत्कालीन सत्ताधारी दलका नेता एवं पूर्वप्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपाल ‘माइतीघर मण्डला निषेधित क्षेत्र’ का विषयमा मौन रहे ।

अन्य राजिनीक दल र तिनका भातृसंगठनले भने खुलेर बिरोध गरे सरकारी कदमको । अधिवक्ता दिनेश त्रिपाठीले सरकारको उक्त निर्णयको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर ग-यो ।

माइतघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारणवारे प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले भनेका थिए ‘माइतीघरमा आन्दोलन गर्दा सर्वोच्च अदालतका न्यायधिशलाई डिष्टर्ब भयो ।’ उ बेला मौन रहेका पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनाल शुक्रबार बिहान प्लेकार्ड सहित माइतीघर मण्डलामा उपस्थित भए । भन्न सकिन्न यदि सर्वोच्च अदालतले प्रतिनिधीसभा विघटन असम्बैधानिक भन्दै संसद पूर्नस्थापना गरिदियो भने प्रधानमन्त्री ओली पनि प्लेकार्ड सहित उपस्थित हुने होइनन् ?

प्रधानमन्त्री अाेलीकाे सिफारिसमा राष्ट्रपति संसद विघटन गरेपछि दाहाल नेपाल समुहले सरकार विरूद्ध प्रदर्शन सुरू गरेका छन् । शुक्ररबारदेखी अान्दाेलन सुरू गरेका दाहाल नेपाल समुहका कार्यकर्ता शुक्रबारै निर्वाचन अायाेग पुगेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 931 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा सामुदायिक प्रहरीसमेत परिचालन