स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर (चालक)को मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका २५ बर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

बा २ क २०६ नम्बरको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काइभेटर पल्टिएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो २ बजेतिर सो दुर्घटना प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट करीब ३० मिटर तल खसेको बताइएको छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको प्रहरी प्रवक्ता धामीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ