सुदुरपश्चिम राष्ट्रको दाहिने आँखा र दाहिने हात हो : राष्ट्रपति भण्डारी

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सुदुरपश्चिम राष्ट्रको दाहिने आँखा र दाहिने हात रहेको बताएकी छन् ।

शुक्रबार उग्रतारादेवीको मन्दिरमा दर्शन गरेकी राष्ट्रपति भण्डारीले सुदुरपश्चिम प्रदेशमा विकासको धेरै सम्भावना भएकोले क्षेत्र राष्ट्रको दाहिने आखाँ र दाहिने हातको रुपमा रहेको छ ।

भ्रमण वर्ष २०२०को शिलसिलामा सुदुरपश्चिम प्रदेशका दार्चुला जिल्लाको मालिका अर्जुन मन्दिर, बैतडीको निङ्लाशैनी मन्दिर र डडेल्धुरा जिल्लाको प्रशिद्ध उग्रतारा मन्दिरको दर्शन गरेको राष्ट्रपति भण्डारीले बताइन् ।

राष्ट्रपति भण्डारीलाई अमरगढी नगरपालिका र उग्रतारा क्षेत्र विकास समितिले नागरिक अभिनन्दनसहित सम्मान गरेको थियो । यसैगरी क्याम्ब्रीज स्कुल र व्रह्मकुमारी ईश्वरीय विद्यालयले मायाको चिनो प्रदान गरेका थिए ।

नागरिक अभिनन्दन पश्चात राष्ट्रपति भण्डारीले सुदुरपश्चि प्रदेशको भ्रमणको शिलशिलामा जनताहरुबाट धेरै माया र स्नेह पाएकोले आफुलाई थप हौसला प्राप्त भएको बताइन् । भ्रमणदलमा सुदुररपश्चिम प्रदेशका प्रदेश प्रमुख सर्मीला कुमारी पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट, सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते