अवकाशप्राप्त शिक्षिकाद्वारा साइकल र स्टेशनरी वितरण

बारा । कलैयामा अवकाश प्राप्त शिक्षिकाद्वारा साइकल र स्टेशनरी वितरण गरेका छन । नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सितलपुरकी सहायक प्रधानाध्यापक तथा अवकाश प्राप्त शिक्षिका सुधा देवीले साइकल र स्टेशनरी वितरण गरेकी हुन ।

एक कार्यक्रमको आयोजना गरी एक गरिब तथा जेहेन्दार छात्रालाई साइकलको साथै २ सय ५० जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेकी हुन । नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सितलपुरमा आयोजित कार्यक्रममा कक्षा ८ उत्तीर्ण गरेकी छात्रा मुना कुमारीलाई माध्यमिक तहसम्म अध्ययन सहज होस् भन्ने उद्देश्यले सुधा देवीले आफ्नै खर्चमा साइकल उपलब्ध गराएकी छिन ।

यसले छात्रालाई विद्यालय आवत–जावतमा सहजता हुनुका साथै पढाइ प्रति थप उत्साह मिल्ने अपेक्षा गरिएको छ । त्यस्तै बालविकास कक्षा देखि कक्षा ८ सम्म अध्ययनरत करिब २ सयन५० जना विद्यार्थीलाई कापी, कलम, पेन्सिल, रेजर लगायतका स्टेशनरी सामग्री पनि आफ्नै खर्चमा वितरण गरेकी हुन ।

सुधा देवीले हरेक वर्ष एक जना विद्यार्थीलाई साइकल तथा अन्य विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री सहयोग गर्दै आएकी छिन ।

विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुराम कानु र नितेश प्रसाद कुशवाहाले सामाजिक योगदानको कदर गर्दै विद्यालयले सुधा देवी र श्रीमान् सुरेन्द्र बहादुर जिसीलाई संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक राजकिशोर सहनीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुधा देवी तथा उहाँका श्रीमान् सुरेन्द्र बहादुर जिसीको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन हरिकिशोर मिश्रले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

पुनरागमन जितले क्वाटरमा पथरी-११