पर्यटकीय स्थल चिनाउन गन्तव्यको ‘ब्रान्डिङ’ सुरु

लकडाउनको कारण सुनसान बनेको भैरहवास्थित लुम्बिनी गेट । उक्त गेटहुंदै लुम्बिनी तौलिहवा जाने गरिन्छ । तस्वीर : रासस

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यको पहिचानका लागि ‘ब्रान्डिङ’ सुरु गरेको छ । बोर्डले यसको सुरुवात गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको जनाएको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम सुरु गरेको बोर्डको भनाइ छ ।

क्रमशः अन्य गन्तव्यलाई पनि ब्रान्डिङ गर्दै लैजाने योजना बनाएको बताइएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यकता महसुस गरी ब्रान्डिङको सुरुवात गरिएको बताए । रेग्मीका अनुसार पर्यटकीय गन्तव्यको पहिचान र विशेषतालाई समेट्दै ब्रान्डिङ गर्न थालिएको हो ।

लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम थालेको बोर्डले क्रमशः अन्य गन्तव्यलाई पनि ब्रान्डिङ गर्दै लैजाने योजना बनाएको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यकता महसुस गरी ब्रान्डिङको सुरुवात गरिएको जानकारी दिए ।

यसरी हुँदै छ, लुम्बिनीको ब्रान्डिङ

सर्वप्रथम जापानी वास्तुकलाविद् केन्जो टाँगेको अर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजनमा लुम्बिनीको ब्रान्डिङ गरिएको बोर्डले जनाएको छ । जसमा लुम्बिनीको प्राकृतिक सुन्दरतासहित ‘ओम माने पद्मे हुँ’को गुन्जायमान वातावरण, राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचीन सहर र बोधिवृक्षलाई ब्रान्डिङमा संयोजन गरिएको छ । यसैगरी, लुम्बिनीको टोपीग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चरा प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्रान्डिङ’मा स्थान दिइएको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार ब्रान्डिङको काममा भिक्षुभिक्षुणीले लगाउने चिबरका विभिन्न रंग प्रयोग गरिएको छ । ब्रान्डिङपछि त्यहाँबाट प्रकाशन हुने पुस्तक, ब्रोसर, झोला तथा श्रव्यदृष्य सामग्रीबाट एउटै खाले सन्देश प्रवाह हुने भएको हो । कार्ड, पोस्टकार्ड, पोस्टर र ब्यानरका लागि ब्रान्डिङ गरिएको छ । कस्तो रङको लिपि र लोगो प्रयोग गर्ने भनेर पनि उल्लेख गरिनेछ । यहाँ हुने पर्यटन प्रवद्र्धनका हरेक गतिविधिमा त्यसलाई उपयुक्त हुने गरी ब्रान्डिङका प्रकार तयार गरिएको छ । नेपालले यस अघि ‘नेचुरल्ली नेपाल’ भन्ने ब्रान्ड बनाएर समग्र देशको ब्रान्डिङ गरेको थियो । नेपाल जस्तै थाइल्यान्डले ‘एमाइजिङ थाइल्यान्ड’, भारतले अतुल्य भारत, मलेसियाले ‘मलेसिया इज टुर्ली एसिया’ जस्ता थिमबाट आफ्नो देशको ब्रान्डिङ गर्दै आएका छन् । बोर्डले कीर्तिपुर र पोखराको पनि ब्रान्डिङको काम जारी राखेको छ ।

योपटक नेपालको पर्यटकीय गन्तव्यमध्ये एक लुम्बिनीलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन रङ, नाम, लोगोमा ब्रान्डिङ गरिएको र यसले लुम्बिनीको महत्व प्रचारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गर्न थप मद्दत पुग्ने लुम्बिनी प्रदेश आन्तरिक पर्यटन पुनरोत्थान समिति संयोजक सागर अधिकारीले बताए ।

बोर्डका अनुसार काठमाडौंको आर्ट एन्ड डिजाइन कम्पनी कर्पस एन्ड कलर्सले बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम पुगेर अध्ययन अनुसन्धान गरी त्यहाँको अवस्था, सुन्दरता, पुरातात्विक एवं ऐतिहासिक वैभवलाई सिर्जनामार्फत उतारेर तयार पारेको ब्रान्डिङलाई बोर्डले त्यस क्षेत्रका सरोकारवालासँगको समन्वय र सहकार्यमा सार्वजनिक गरेको हो । यसैगरी, हाल बोर्डले कीर्तिपुर र पोखराको पनि ब्रान्डिङको काम गरिरहको छ । लुम्बिनी नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँ वार्षिक १६ लाखभन्दा बढी स्वदेशी, करिब २ लाख तेस्रो मुलक र करिब २ लाख भारतीय ंपर्यटक पर्यटकीय भ्रामणमा निस्कने गर्दछन् ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग