रक्षा सचिव मेराे मान्छे हाे भन्दै सेनालाई ठग्ने पक्राउ

काठमाडौ । नेपाली सेनामा कार्यरत सिपाहीसंग २ लाख पचास हजार ठगी गर्ने रमेश बडु पक्राउ परेका छन् ।
अहरी दमन सिंहदरबारगणमा कार्यरत सेनाका सिपाही भिम बहादुर भण्डारीसंग बडुले रक्षा मन्त्रालयको सचिव मेरो मान्छे हो भन्दै शान्ति सेनामा पठाइदिने आश्वासन दिएर २ लाख ५० हजार रुपैंया ठगेका थिए ।

उच्च अदालत पाटनले बडुलाई २ लाख ५० हजार जरिवाना सहित २ महिना ४ दिन कैद फैसला गरेपछि बडु लुक्दै आएका थिए । प्रहरीले ललितपुरको नख्खु क्षेत्रवाट लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 500 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ