विकासका चुनौती

सन् १९७० देखि नै संसारमा दिगो विकासको अवधारणा आएको हो । पछिल्लोपटक संयुक्त राष्ट्र संघको महासभाले सन् २०१६ देखि सन् २०३० सम्म विश्वको रूपान्तरण गर्ने योजना बनाउँदै विकासका हरेक आयाममा कोही कसैलाई पनि काखापाखा नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यही प्रतिबद्धता पूरा गर्न २०१५ को सेप्टेम्बरमा दिगो विकासको लक्ष्य घोषणा गरेको थियो । सो घोषणाअनुसार दिगो विकासका १७ वटा लक्ष्यहरू छन्, १ सय ६९ वटा परिमाणात्मक लक्ष्य छन् भने २ सय ३२ वटा विश्वव्यापी सूचक तय गरिएका छन् । नेपालले थप सूचक समेत गरी ४ सय ७९ बनाएको छ । दिगो विकासका लक्ष्यमा संसारका सबै राष्ट्रमा सहभागितामूलक, अधिकारमुखी, समतामूलक विकास गरी गरीबी र भोकमरीको अन्त्य गर्ने प्रमुख विषय रहेका छन् । त्यस्तै सबैलाई शिक्षा र स्वास्थ्यको सुविधा, लैंगिक समानता, सबैका लागि स्वच्छ पानी, सबै क्षेत्रमा ऊर्जाको पहुँच, सबैको रोजगारी, सम्पूर्णमा आर्थिक वृद्धि, उद्योगको भरपुर विकास, पूर्वाधारको विकास र दिगो सहरीकरण रहेको छ ।

हामी कहाँ लक्ष्य पूरा गर्ने मार्गमा समस्या भने पुरानै छन् । मूलतः सो लक्ष्य हासिल गर्न हामीलाई वार्षिक ५ खर्ब ८५ अर्ब रकम अभाव छ । पुँजीगत खर्च अधिक हुनुपर्नेमा हरेक साल यो खर्च घटेको छ । उत्पादनशील उद्योगमा कमी, पूर्वाधार विकासमा घस्रँदै गरेको अवस्था, उत्पादन र वितरणमा व्यापक समस्या, भोकमरी र कुपोषणको जल्दोबल्दो समस्या रहेको छ । केही समययतादेखि महिला सहभागिताको वृद्धि भए पनि बालविवाह, यौन हिंसा, बलात्कारका घटनाहरू बढेका छन् । वातावरणमा उल्लेखनीय सुधार हुन नसकेको अवस्था छ । प्रशासन संयन्त्र धानी नसक्नु छन्, जवाफदेहिता र पारदर्शीता, सुशासन नाम मात्रको रहेको, भ्रष्टाचारको सूचक नकारात्मक छ । अन्तर्राष्ट्रिय संस्थाले नै भ्रष्टाचार’bout औंला उठाइरहेको अवस्था छ । हाम्रो देशले दिगो विकासको लक्ष्यलाई तीन आयाम भनौं सामाजिक, आर्थिक र पर्यावरणीय परिवेशलाई कार्यान्वयनमा ल्याउँदै अघिल्लो १४औं योजनाले यी लक्ष्यलाई आन्तरिकीकरण गर्न सुरु गरेको हो ।

प्रादेशिक एवं स्थानीय योजना तर्जुमा नमुना दिग्दर्शन, कार्यक्रममा आन्तरिकीकरण सोअनुसारका कार्यक्रम सञ्चालन गर्ने प्रयास गरेको देखिन्छ । तर, समस्या कहाँनेर छ भने नेपालमा दिगो विकास लक्ष्यको आवश्यकता पहिचान, यसको लागत अनुमान तथा वित्तीय रणनीतिले सो लक्ष्य कार्यान्वयन गर्न वार्षिक औसत २० खर्ब २५ अर्ब रकम आवश्यक पर्ने अनुमान छ । यसमध्ये ११ खर्ब ११ अर्ब सरकारी क्षेत्रबाट, ७ खर्ब ३९ अर्ब निजी क्षेत्रबाट, ८७ अर्ब सहकारी तथा गैरसरकारी क्षेत्रबाट र घर परिवार क्षेत्रबाट ८८ अर्ब लगानी गर्नुपर्ने अनुमान छ । यसमा सरकारी र निजी क्षेत्रबाट हुने लगानीमा क्रमशः २ खर्ब, १८अर्ब र ३ खर्ब ६७ अर्ब गरी वार्षिक ५ खर्ब ८५ अर्ब नपुग हुने र सो नपुग रकम प्रगतिशील कर, फराकिलो आधार कर, कर प्रशासनको सुधार, निजी र अन्य क्षेत्रलाई लगानी प्रोत्साहन गर्ने, सार्वजनिक निजी साझेदारी प्रणालीलाई प्रभावकारी बनाइनुपर्ने जस्ता बहुआयामलाई अँगाल्नुपर्ने देखिन्छ ।

कोरोना महामारीसँगसँगै राजनैतिक संक्रमणले गर्दा देशको अर्थतन्त्र ओरालो लाग्यो

दिगो विकासको अपेक्षा गर्दै देशले हालसम्म नौवटा पञ्चवर्षीय योजना र पाँचवटा त्रिवर्षीय योजना पूरा गरिसकेको छ । यसबीचमा धेरै राजनैतिक परिवर्तन भए । तर, आर्थिक, सामाजिक पूर्वाधारमा चासो गरेन । उद्योग भनौं उत्पादनको योगदान नगण्य रह्यो । व्यापार घाटा उच्च रह्यो । विप्रेषणले अर्थतन्त्रको आकार बढायो, विदेशी मुद्रा संचितीमा वृद्धि भयो । केही वर्ष मात्र आर्थिक वृद्धि दर बढेको देखियो तर कोरोनापछि यो दिगो भएन । शैक्षिक सुधार देखिए पनि गुणस्तरीय शिक्षाको अभाव, स्वास्थ्य सुविधामा अनेकन व्यवधान, स्वच्छ र प्रदषणमुक्त वतावरणको अभाव खट्कियो । भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ, कर्मचारीमा छिटो छिटो परिवर्तन, विद्युत् उत्पादनमा कमी रह्यो । भूकम्पपछिको नाकाबन्दी र संघीयताको अभ्यासले देशको अर्थतन्त्र ओरालो लाग्यो ।

राजनैतिक संक्रमणको अवस्था लामो समय रहेको र हाल फेरि यस्तै रडाको छ, दलभित्रै किचलो छ । सरकार कुन दलको हो नबुझिने भइसकेको छ । विगतमा ५४.६ प्रतिशत निजी क्षेत्रको लगानी रहेका बेला १५औं योजनामा निजी क्षेत्रको लगानी ५८.१ प्रतिशतमा लग्ने सरकारी दाबी छ । सरकारी लगानी ३९.८ प्रतिशतबाट घटाएर ३७.६ प्रतिशतमा झार्ने र सहकारीको लगानी घटाएर ४.३ मा राख्ने, सरकारी, सहकारी र निजी सबै गरेर यस योजनामा ९७ खर्ब ७७ अर्ब ७५ करोड लगानी गर्ने तयारी भएको र यसो गर्दा ५ वर्षमा वार्षिक १९.५ खर्ब खर्च गर्नुपर्ने, सबैभन्दा बढी निजी क्षेत्रबाट जम्मा ५६ खर्ब ८३ अर्ब ८८ करोड, सरकारी क्षेत्रबाट ३६ खर्ब ७४ अर्ब ५६ करोड, सहकारी क्षेत्रबाट ४ खर्ब १९ अर्ब ३१ करोड खर्च गर्नुपर्ने अवस्था छ ।

वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण रकमले मुलुकको शोधनान्तर स्थिति धानिए पनि वैदेशिक रोजगारी सुरक्षित भएन । आव २०७६÷७७ को पहिलो ६ महिनामा ०.६ प्रतिशतले बढेको यस्तो रकम कोरोनाको सर्वव्यपीमारमा प¥यो । आव २०७७÷७८ को पहिलो ६ महिनामा ११.१ प्रतिशतले बढेर ४ खर्ब ९५ अर्ब पुगेको तथ्य नेरा बैंकले पुष्टि गरेको छ । यूएस डलरमा यस्तो आप्रवाह रकम गत यसै समयमा ०.९ प्रतिशतले मात्र बढेकोमा यो आवको पहिलो ६ महिनामा ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको बैंकको तथ्यांक छ ।

रोजगारीमा जानेको संख्या भने यो वर्षको पहिलो ५ महिनामा ७७.६ प्रतिशतले घटेको, पुनः श्रम स्वीकृति लिनेको संख्या ६८.९ प्रतिशतले घटेको छ जब कि अघिल्लो यो समयमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १७.७ ले र पुनः श्रम स्वीकृति लिनेको संख्या ०.५ प्रतिशतले बढेको थियो । स्वदेशी युवा बेरोजगारलाई मुलुकभित्रै स्थानान्तरण र रोजगारीका अवसर प्रदान गर्नुपर्ने, साधन र स्रोतको समानुपातिक वितरण गरी गरीबी न्यनीकरण गर्नुपर्ने हुन्छ । साधन र स्रोतको समतामूलक र न्यायोचित वितरणमा जोड दिनुपर्छ । विद्यालय, महाविद्यालयबाट उत्पादित जनशक्तिले रोजगारी प्राप्त गर्न नसकेको, विद्यमान भइरहेको अवस्थाले दिगो विकासमा चुनौती थपिएको छ । जलवायु पविर्तनको संकेत काठमाडौंको आकाशले तिब्बतसम्म प्रभाव पारेको भनिएको छ । यो साताको मौसमले शैक्षिक क्षेत्र त पुरै बन्द गराएको अवस्था छ ।

योजना आयोगले विकास सूचकांक प्रकाशित गर्दै दीर्घकालीन मार्गचित्र प्रस्तुत गरेको छ । जसअनुसार हाल भइरहेको प्रतिव्यक्ति आय यूएस डलर १०९७ मा वृद्धि गरी आउने २ वर्षमा १ हजार ४ सय डलर पु¥याउँने र अति कम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति गर्दै विकासोन्मुख देशको स्तरमा पु¥याउने भनेको थियो तर यो समय फेरि ३ वर्षका लागि बढेको छ । विसं २१०० मा पुग्दा त देशमा प्रतिव्यक्ति आय १२ हजार १ सय यूएस डलर पु¥याउने सपना पनि देखेको छ । स्तरोन्नतिकै लागि भने प्रतिव्यक्ति आयबाहेक अन्य सूचक धेरै नजिक भएको तथ्य प्रस्तुत गर्दै योजना आयोगले मानव सम्पति ९९ पुग्नुपर्नेमा हाल ७२ रहेको, आर्थिक जोखिम सूचकांक ३२ भन्दा तल हुनुपर्नेमा हाल २४ रहेको भनेको छ ।

समुन्नत, स्वाधीन, समाजवाद उन्मुखको अर्थतन्त्र पनि भनेको छ । अवसरमा सबैको पहँुच, स्वस्थ, शिक्षित, मर्यादित, उच्च जीवनस्तरसहितको सुखी जीवन, सुखी नेपाली र समृद्ध नेपालको सपना पनि देखाइएको छ । हाल चालू १५औं योजनाको त उद्देश्य यही हो । कोभिड–१९ प्रभावित अर्थतन्त्रको पुनरुत्थान, दिगो विकासको लक्ष्य प्राप्ति, वित्तीय संघीयता, प्रदेश र स्थानीय तहबाट समृद्धिको आधार तय गर्ने, कृषि, उद्योग र सेवा क्षेत्रलाई परिस्कृत गराउने, अर्थतन्त्रको संरचनालाई रूपान्तरण गर्ने, सामाजिक न्यायलाई स्थापना गराउने भनिएको छ ।

संयुक्त राष्ट्र संघको एक अध्ययनअनुसार नेपालमा बन्दाबन्दीको अवस्थामै २२ लाख ७० हजार व्यक्तिको रोजगारी गुमेको छ

योजना आयोगले दिगो विकास लक्ष्यका लागि १० वटा राष्ट्रिय लक्ष्य निर्धारण गरेको छ । त्यसमध्ये समृद्ध नेपालको नाराका लागि चारवटा लक्ष्य छन् । जसमा उच्च र समतामूलक रष्ट्रिय आय, मानव पँुजी निर्माण तथा सम्भावनाको पूरा उपयोग, सर्वसुलभ, आधुनिक पूर्वाधार एवं सघन अन्तरआबद्धता र उच्च र दिगो उत्पादन तथा उत्पादकत्व छन् । सुखी नेपालीको उद्देश्यतर्पm ६ वटा राष्ट्रिय लक्ष्य निर्धारण गरिएको छ । जसमा परिष्कृत तथा मर्यादित जीवन, सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन, सवल लोकतन्त्र एवं राष्ट्रिय एकता र सुरक्षा र सम्मान छन् ।

१० लक्ष्य, ७६ खण्डीकृत सूचक, आठ दीर्घकालीन रणनीति नौ रूपान्तरणका संवाहक र आठवटा सहयोगी क्षेत्रको पहिचान जोडिएको छ । त्यस्तै आर्थिक वृद्धि दर १०.५ प्रतिशतको हुने, निरपेक्ष गरीबी ० प्रतिशत, बहुआयामिक गरीबीको रेखामुनि हुने जनसंख्या ३ प्रतिशतमा झार्ने, सम्पतिमा आधारित गिनीगुणक ०.२५ प्रतिशत, १५ वर्षमाथिकाको श्रम सहभागिता ७२ प्रतिशतमा पु¥याउने, रोजगारीमा औपचारिक क्षेत्रको सहभागिता हिस्सा ७० प्रतिशत, जलविद्युत् तथा नवीकरणीय ऊर्जा उत्पादन जडित क्षमताको आधारमा ४० हजार मेगावाट पु-याउने, विद्युत्को पहँुच १०० प्रतिशत, ३० मिनेटको दूरीमा यातायातको पहँुच भएको परिवार ९९ प्रतिशतमा पु-याउने, राष्ट्रिय, प्रादेशिक लोकमार्ग ३९ हजार किमि, इन्टरनेट प्रयोगको जनसंख्या १०० प्रतिशत, अपेक्षित आयु ८० वर्ष, प्रतिलाख जीवित जन्ममा मातृ मृत्युदर २० जना, प्रतिहजार जीवित जन्ममा ५ वर्षमुनिका बाल मुत्युदर ८ जना, १५ वर्षमाथिको साक्षरता दर ९९ प्रतिशत, उच्च मध्यम स्तरको खानेपानी सुविधाको पहँुचका जनता ९५ प्रतिशत, आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसंख्या १०० प्रतिशत, लैंगिक विकास सूचकांक १ पु¥याउने, मानव विकास सूचकांक ०.७९० मा पु¥याउने जस्ता दीर्घकालीन लक्ष्यसहितको अवधाराणपत्र सरकारले जारी गरेको देखिन्छ ।

आव २०७७÷७८ को बजेटमा देशको आर्थिक वृद्धि आँकलन ७ प्रतिशत भनिरहँदा केन्द्रीय तथ्यांक विभागले भने शून्य वा ऋणात्मक भनेको छ । यता एसियाली विकास बैंकले साविकमा गरेको आर्थिक वृद्धि दरको प्रक्षेपणलाई संशोधन गरेको छ । भाद्र २९ गते प्रकाशित एडीबीको आउट लुक २०२० अनुसार अब नेपालको सन् २०२० को आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुनेछ । यसअघि उसको प्रतिवेदनमा ५.३ प्रतिशतको प्रक्षेपण भएकोमा कोभिड–१९ ले पारेको विश्व्यापी प्रभाव, निर्यातको शिथिलता, विप्रेषणको स्थिति र पर्यटन क्षेत्रमा खुम्चिएको अर्थतन्त्रका कारण उसले यसो भनेको हो ।

साविकको प्रक्षेपणमा सन् २०२१ मा एडीबीले यहाँको आर्थिक वृद्धि ६.४ को प्रक्षेपण गरेकोमा अब सच्याउँदै आगामी वर्ष सन् २०२१ मा यहाँको आर्थिक वृद्धि दर केवल १.५ प्रतिशत मात्रैको आँकलन गरेको छ जसबाट पनि हाम्रो दिगो विकासमा थप अवरोध देखिएको छ । कोभिड–१९ ले देशमा बेराजगारीको स्थिति भयावह देखिएको छ । संयुक्त राष्ट्र संघको एक अध्ययनअनुसार पनि नेपालमा बन्दाबन्दीको अवस्थामा २२ लाख ७० हजार व्यक्तिको रोजगारी गुमेको छ । भोको पेटले जनता सडकमा ओर्लनुपर्ने अवस्था छ अहिले देशमा ।

तपाइको प्रतिक्रिया
(Visited 1,639 times, 1 visits today)

epaper

ताजा समाचार

जग्गा कीर्ते : मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा