वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका लेकाली भेगहरु सेताम्मे भएका छन्, । लामो समयको खडेरीपछि वर्षा सँगैहिमपात भएपछि कृषक खुसि भएका छन् ।

तातोपानी गाउँपालिकाको ताम्ती तिलाको जुम्लाकोट, पातारासि, गुठिचौर सिंजामासमेत हिमपात भएको छ। सिंजा गाउँपालिका वडा नम्वर ६ मा एक फुटसम्म हिउँ परेको छ । स्थानीय दलबहादुर रावतले भने ‘यो पटक परेको हिउँले स्याउ बगैंचामा ठुलो क्षति गरेको छ, असोज, कात्तिक महिनामा तयार हुने अन्न कोदो, चिनो, कागुनो, मकै, सिमी, फापर उत्पादनको लागि भने निकै राम्रो भएको छ ।’ भर्खर फुलेर रंगिचंगी बनेका स्याउ बगैंचामा एक फुट सम्म हिउँ पर्दा नोक्सान भएको स्थानीय लालबहादुर बुढाले बताए ।

सदरमुकाम खलंगा आसपास भने वर्षा मात्रै हुँदा किसानहरुलाई राहत मिलेको छ । साविक कर्णाली अञ्चलभर हिमपात भएको छ। मुगु, हुम्ला, जुम्लालगाएतका जिल्लामा हिमपात भएपछि चिसो बढेको छ। चरण क्षेत्रमा नयाँ पालुवा पलाउने हुँदा भेडिगोठाहरु समेत खुशी छन् ।

तातोपानि गाउँपालिका वडा नम्वर ७ का भेडिगोठाला कृष्ण खड्काले भन्छन्– ‘चिसोले एक दुई दिन भेडा चराउन मुस्किल त पर्छ नै तर खुसिको कुरा अब उजाड बनपाखा हरिया हुन्छन् ।’

तपाइको प्रतिक्रिया
(Visited 744 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ