मोना कतारले १७ औं बार्षिकोत्सव मनाउने

दोहा ।  ‘प्रवासी म्याग्देली दृष्टि, सम्बृद्द म्याग्दीको सृष्टि’ भन्ने मुल नारा लिएर सन २००३ मा स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना ) कतारले आगामी मार्च १३ मा १७ औं बार्षिकोत्सव मनाउने भएको छ ।

सहॉनियामा अबस्थित अल दोसरी पार्कमा बार्षिकोत्सव कार्यक्रम सहित म्याग्देली बनभोज, बिबिध साँस्कृतिक प्रस्तुति सहित लाईभ पन्चेबाजा मुख्य आकर्षण रहने भएको छ ।

म्याग्देलीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको कार्यक्रमबाट कतारमा रहेका म्याग्देलीहरु बिच आत्मियता बढने बिश्वास लिईएको छ । संस्थाले हरेक बर्ष बार्षिकोत्सवसंगै बिबिध कार्यक्रमहरु गर्दै आईरहेको छ। म्याग्दी जिल्लामा बहुउदेशिय अक्षय कोष स्थापनार्थ मोना कतारले सञ्चालन गरेको चिट्ठा कार्यक्रमको लक्कि ड्र पनि सोहि दिन खोलिने कार्यक्रम संयोजक नरेन्द्र फगामीले जानकारी दिए ।

कार्यक्रममा होली खेलिने र ११० औं अन्तर्राष्ट्रिय नारी दिवस पनि मनाईने अध्यक्ष तिलु शर्मा पौडेलले जानकारी दिए । मोना कतार जिल्ला तथा परदेशमा परेको हर बिपत्तिमा साथ र सहयोगका लागि अग्रणि भुमिकामा रहदै आएको एक सामाजिक साझा संस्था हो ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना