कोरोना महामारीका संक्रमणविरुद्ध अपनाइने विविध उपायमध्ये पछिल्लो समयमा खोप नै बढी प्रभावकारी देखिएको छ । विश्वमा जनस्वास्थ्यलाई ख्याल गर्दै सबै देशले खोपको विस्तार र खोप अभियानमा जोड दिएका छन् । सबै देशको मुख्य जोड खोपमा नै रहेको छ । खोपबाहेक रोकथामका अन्य उपाय केबल प्राथमिक मात्र रहने गरेका छन् । संक्रमण संघीन बन्दै गएपछि प्राथमिक रोकथामका उपायले मात्र संक्रमणलाई रोक्न सकिने देखिँदैन । संक्रमित बिरामीका लागि खोप नै बढी प्रभावकारी देखिएको छ । विश्वमा खोपको विस्तारले नै महामारी संक्रमितलाई मृत्युको मुखबाट बचाएको देखिन्छ । कोरोना संक्रमणले विभिन्न रूपहरू धारण गर्दै र नयाँ बनेर देखापर्दै गरेको अवस्थामा खोप नै अन्तिम साधन हुने गरेको छ । खोपमार्फत बढी सकारात्मक र व्यावहारिक परिणाम हासिल गर्ने देशमा चीन अग्र स्थानमा देखापरेको छ । त्यसो त अमेरिका र बेलायतजस्ता पश्चिमा देश पनि खोपमार्फत संक्रमण नियन्त्रण गर्नमा अग्रता हासिल गरिरहेका छन् । यी देशहरूले खोपको प्रयोग त्यसमा समयसापेक्ष परिमार्जन, पछि त्यसको पुनः प्रयोग गर्दै सफलता हात पार्दै आएका छन् ।
नेपाल सरकारले पछिल्लो समयमा अन्तर्राष्ट्रिय निकायसँग गरेको अनुरोधसँगै कोरोना संक्रमण नियन्त्रणका लागि ठूलो मात्रामा खोप किन्ने तयारी गरिरहेको छ । पछिल्लो तयारीअनुसार अमेरिका तथा बेलायतबाट ५०÷५० लाखको गरी जम्मा १ करोड डोज खोप नेपाल भिœयाउने तयारी गरेको छ । यसका लागि यी दुवै देशसँग नेपाल सरकारको तर्फबाट दुई पक्षीय कुराकानीसँगै खोप ल्याउने तयारी भइसकेको बुझिएको छ । यसभन्दा अगाडि भारतले नेपाललाई १० लाख डोज खोप र चीनले १० लाख डोज खोप उपहारस्वरूप नेपाललाई दिइसकेका छन् । भारतले दिएको कोभिसिल्डको दोस्रो डोज खोप पनि लगाइसकिएको छ भने चीन सरकारले दिएको १० लाख डोज खोप पनि लगाउन सुरु गरिएको छ । बाँकी खोप भारत र चीनबाट मगाउने भन्ने कुराकानी चल्दै गर्दा सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज खोप खरिद गर्ने निर्णय गरिसकेको छ । नेपाली जनताको स्वास्थ्यलाई ख्याल गरी मगाउन थालिएको यो खोपबिना ढिलाइ मगाएर जनताबीच पु¥याउनु जरुरी भइसकेको छ । ’cause कोरोना संक्रमणले आमस्वरूप धारणा गरिसकेको छ । यसका साथै नेपालमा कोरोनाको नयाँ भेरियन्ट, यूके, एपी वान र दिल्ली भेरियन्टजस्ता विभिन्न रूपहरू देखिन थालेपछि को कुनबेला कुन चाहिँ भेरियन्टबाट संक्रमित हुने हो भन्न गाह्रो भएको छ ।
त्यसैले, आमजनताबीच खोप विस्तार गरी फैलँदो संक्रमणलाई राक्न र संक्रमितलाई मृत्युको मुखबाट बचाउन खोप जरुरी भइसकेको छ । १ करोडको मात्रामा मगाइन थालेको डोज यदि समयमै आइपुग्ने र त्यसलाई उचित वितरण गर्न सक्ने हो भने नेपालमा फैलिएको महामारी संक्रमणलाई रोक्न सकिन्छ । यो सम्भावनालाई मध्यनजर गरेर नेपाल सरकारले अमेरिका र बेलायतबाट ल्याउँदै गरेको १ करोड डोज खोप यथासमयमा नेपाली जनताका माझमा पुग्न सके यसले ठूलो स्वास्थ्य संकटलाई समाधान गर्न सघाउ पु¥याउनेछ ।






