पूर्वीय दर्शनमा साथीभन्दा पनि मित्र शब्दको निकै नै धेरै महत्व, चर्चा र प्रसंशा गरेका थुप्रै कथा सुन्न पाइन्छन् । कृष्ण–सुदामाको मित्रता, कृष्ण–अर्जुनको मित्रता, दुर्योधन–कर्णको मित्रतालगायत यस्ता कैयौं उदाहरण छन्, जहाँ मित्रताका लागि मानिसले हाँसीहाँसी आफ्नो ज्यानको बाजीसमेत थापेको सुनिन्छ । त्यति धेरै स्निग्ध, पवित्र र आदर्श मित्रताको कल्पना र खोजी अहिलेको ‘चरम स्वार्थी’ दुनियाँमा ग-यो भने ठूलो मूर्खताबाहेक केही पनि नहोला । धेरै नजिकको रगतकै नातामा पनि पाउन मुस्किल आत्मीयता खोजी साथीको सम्बन्धमा गर्न थाल्यो भने त्यो एउटा अव्यावहारिक कार्य हुन जान्छ होला । तर, कमसेकम जेजस्तो परिवेश, उपलब्धता र सम्भावना विद्यमान भए पनि केही कुराप्रति चनाखो वा सचेत हुन सक्यो भने त्यो सबैको लागि हितकर नै हुन सक्छ ।
आजभोलि ‘मित्र’ शब्दको प्रयोग निकै घटेर ‘साथी’ शब्दको प्रयोग बढ्दै गएको देखिन्छ । अझै साथी शब्दलाई पनि अंग्रेजी भाषाको फ्रेन्ड शब्दले छिटोछिटो विस्थापन गर्दै लगेको देखिन्छ । ‘मित्रता’ शब्दको प्रयोग लोप हुँदै गएर फ्रेन्डसिप शब्दको व्यापक प्रयोग हुने क्रमले तीव्रता पाएको महसुस हुन्छ । जसरी शब्दमा परिवर्तन हुँदै गएको छ । त्यसरी नै यो सम्बन्धको गुणस्तर पनि व्यापक परिवर्तन हुँदै गएको आभास हुन्छ । अर्को शब्दमा भन्नुपर्दा अहिलेको जमानाम फ्रेन्डसिप निकै कमजोर, नक्कली र क्षण भरमै टुंगिन सक्ने खालको प्रतीत हुन्छ । सुरु हुन पनि बेर नलाग्ने र अन्त्य हुन पनि क्षणभर नलाग्ने यस्तो साथीत्वलाई अर्थात् अहिलेको जमानाको साथीहरू (कोही कतै अपवादलाई छोडेर)लाई कत्तिको महत्व दिने, कति समय दिने र कति विश्वास गर्ने भन्ने कुरा पनि आजको दुनियाँमा निकै सतर्क हुनुपर्ने एउटा विषय हुन सक्छ । अर्को शब्दमा भन्नुपर्दा साथी बन्न र भन्न निकै सजिलो देखिए पनि साँचो अर्थमा साथी बनिरहन र यो सम्बन्धको पवित्रता कायम राखिरहन भने निकै नै चुनौतीपूर्ण देखिन्छ ।
साथीको नाता जोडिने विभिन्न माध्यम हुन सक्छन् । सजिलोका लागि वास्तविक दुनियाँ र इन्टरनेटको माध्यमलाई साथीको नाता जोडिने दुईवटा प्रमुख बाटो मान सकिन्छ । सुरुमा वास्तविक माध्यम ’bout हेरौं हाम्रो नेपाली समाजमा निकै छिटो (भेट हुनेबित्तिकै) बोलिने एउटा वाक्य हो ‘परिचय गरौं न त’ । गाडीको सिटमा सँगै बसेको कुनै मानिस होस् वा अरू कुनै प्रसंगमा भेट भएको मानिस होस् निकै नै छिटो यो वाक्यको प्रयोग हुन जान्छ । ५÷१० मिनेटकै भेटमा पनि ‘नाम’बाट सुरु हुने यो यात्रा, ठेगाना, काम, घरपरिवार, बुबाबाजेलगायत सबैको नालीबेलीको पोको फुकाउन केन्द्रित हुन्छ । अक्सर त्यसको लगत्तै पछि सुरु हुने दोस्रो अध्याय भनेको ‘स्व चर्चा’ हो । यस खण्डमा प्रायः मानिसले आफ्नो अभिमानको पोको फुकाउने गरेको देखिन्छ । म यस्तो उस्तो भन्दै आफूलाई निकै नै ठूलो देखाउने कसरत सुरु हुन्छ । हामीले बोलिरहेको कुरालाई अर्को मानिसले कसरी लिइरहेको हुन सक्छ वा यी कुरा सान्दर्भिक छन् कि छैनन् भन्नेमा प्रायः हामी बेखर नै हुन्छौं । तेस्रो अध्याय अरूको आलोचना वा राजनीतिको विषयमा केन्द्रित हुन सक्छ ।
वास्तविक दुनियाँ र इन्टरनेट साथीको नाता जोड्ने दुई प्रमुख माध्यम हुन्
अझ कहिलेकाहीँ त पहिलो भेट र परिचय नै वादविवाद र द्वन्द्वको कारण समेत बन्न सक्ने सम्भावना पनि रहन्छ । त्यसको केही बेरपछि नै हामी एकअर्काको मूल्यांकन सकेर आफ्नो मनको कापीमा उसको नतिजाको घोषणा गरिसक्छौं । अर्को मानिस’bout निकै नै थोरै जानकारीको आधारमा हामी त्यो मानिसलाई या त ‘राम्रो मानिस’ या ‘नराम्रो वा घमण्डी मानिस’ आदि सोचेर उसको एकथरी चित्र आफ्नो मस्तिष्कमा कोरिसक्छौं । उसैले व्यक्त गरेका केही शब्दको भरमा उसको वास्तविक व्यवहारको परख नै नगरिकन, के यति छिट्टै र सजिलै अर्को मानिसलाई चिन्न÷बुझ्न सकिन्छ होला त ? अर्थात् हामीले परिचित सम्झेको त्यो मानिसको सबै पाटो त्यही एउटा भेटले प्रस्ट पार्न सक्छ होला त ?
अब माथिको अध्यायमा चर्चा गरिएको वास्तविक दुनियाँको भेटघाट र परिचय अर्थात् चिनजानको कुरालाई एकछिन थाँती राखेर ‘भर्चुअल वल्र्ड’ अर्थात् सामाजिक भनिएका (तर सामाजिकभन्दा पनि अलि धेरै असामाजिक देखिन थालेका) सञ्जालहरूको भेटघाट वा ‘फ्रेन्डसिप’को पाटोतर्फ विचार गरौं । विभिन्न सामाजिक सञ्जालमध्ये ‘फेसबुक’को लोकप्रियता नेपाली समाजमा ह्वात्तै बढेर गएको देखिन्छ । निकै ठूला मानिएका र भनिएका व्यक्तिदेखि विद्यालयमा पढिरहेका बालबालिका हुन् वा हाम्रो समाजका हरेक तह र तप्काका मानिस, प्रायः सबैजसो क्षेत्रका मानिस यसमा निकै नै व्यस्त हुन थालेको आभास हुन्छ । नजिक वा निकै टाढाको जुनसुकै भूगोलमा रहेका मानिसबीच क्षणभरमै चिनजान र साथीको नाता जोडिदिने यो अर्को बलियो माध्यम बन्दै गएको छ । कहिल्यै नदेखेका मानिस हुन् वा प्रत्यक्ष देखभेट भएका मानिस हुन् । उनीहरूबाट जुनसुकैबेला पनि ‘फ्रेन्ड रिक्वेस्ट’ आउनु सामान्य कुरा भइहाल्यो ।
एकातिर फेसबुकमा नयाँ खाता खोलेका कतिपय मानिस छिटोछिटो धेरैको प्रस्ताव आएर साथीहरूको लामो सूची बनाउन रहर लागेको परिस्थति हुन सक्छ भने अर्कोतिर कतिपय मानिसलाई बेला न कुबेला ‘म्यासेज’ गरेर हैरान पार्ने मानिसबाट कसरी छुटकारा पाउने भन्ने तनाव पनि हुन सक्छ । अर्को एकथरी मानिस आफूले फेसबुकमा गरेको पोस्टमा आएको ‘लाइक’ र ‘कमेन्ट’ गर्दै आफ्नै नजरमा आफ्नो मूल्यवृद्धिको अभियानमा व्यस्त र मख्ख परेका हुन् सक्छन् । नयाँ–नयाँ मानिस साथीको सूचीमा थपिदिने सशक्त माध्यमका रूपमा सामाजिक सञ्जालले काम गरिरहेको देखिन्छ हिरेक मानिसले यसलाई बुझ्ने तरिका आआफ्नै भए पनि यो माध्यमबाट जोडिने ‘साथी’को नाता कति बलियो, भरपर्दो र विश्वसनीय हुन् सक्ला त ? भन्ने प्रश्न भने विचारणीय हुन सक्छ ।
नाता जोड्नअघि, जोडिसकेपछि र तोड्नुअघि सचेतता अपनाउन सके ‘साथीत्व’ मा प्राप्त हुने तीतोपनमा कमी ल्याउन सकिन्छ
इन्टरनेटको बढ्दो उपलब्धता र विस्तारसँगै यो अभ्यास अझैं बढ्दै जाने देखिन्छ । हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ भनेझैं यसको पनि दुवै पाटो हुने नै भयो । मुख्यतः यो एउटा मानिसहरूसँग जोडिने साधन हो र यसले कस्तो प्रतिफल दिन्छ भन्ने कुरा यसको उपयोगकर्तामा भर पर्छ । जसरी हामी बजारबाट चक्कु किन्दा तरकारी काट्न किन्छौं तर कहिले हाम्रै असावधानीको कारण त्यो चक्कुले हात पनि काटिदिन सक्छ । दोष कसलाई दिने ? चक्कुलाई कि हातलाई ? कि आफ्नो असावधानीलाई ? भनेझैं आजभोलिको सामाजिक सञ्जालहरूको गुण÷दोष को जिम्मेवारी कसलाई दिने ? आफूलाई कि अरूलाई ? सञ्जालका रूपमा देखिएका यी साधन आफ्ना लागि जाल, काल वा जन्जाल पनि बन्न सक्छन् भन्ने कुरामा हामीले आफूले सचेत हुनुपर्छ कि अरूबाट प्रयाप्त इमानदारी, समझदारी र बफादारी खोज्दै आफू चाहीँ पानी माथिको ओभानो बन्नु उपयुक्त हुन्छ ? यी र यस्तै तमाम अन्य प्रश्नहरूको जवाफ खोज्न हामी जति–जति ढिलो गर्र्छौंं, त्यति–त्यति नै यी सामाजिक सञ्जाल सञ्जाल भन्दा बढी जालका रूपमा परिणत हुन बेर लाग्दैन ।
वास्तविक वा अवास्तविक (प्रविधिको माध्यमबाट) जुनसुकै तरिकाले साथीको नाता जोडिन सक्छ । माध्यम जे–जस्तो भए पनि साथी र साथीत्वको गुणस्तर’bout भने हरेकले विचार गर्नैपर्नेहुन्छ साथी किन बनाउने ? कसरी बनाउने ? कति बनाउने ? कस्तो बनाउने ? जस्ता प्रश्नको साथसाथै आजको जमानामा साथीत्ववको उदय कसरी हुन्छ त ? भन्ने’bout पनि सोच्नु सान्दर्भिक नै हुन्छ । सामन्यतः कुनै मानिसले हामीलाई साथीको प्रस्ताव किन गर्छ त ? यस प्रश्नको सोझो र अलि साँघुरो जवाफ हुन् सक्छ, आफ्नो निहित स्वार्थ परिपूर्तिका लागि । के कुनै पनि स्वार्थ नभएको मानिस भेटिनु सम्भव छ त ? भनेर प्रश्न गर्ने हो भने उत्तरले प्रायः असम्भवता तर्फ संकेत गर्छ । सबै स्वार्थी मात्र छन् भने के कसैलाई पनि साथीका रूपमा स्वीकार नगरी सधैं एक्लै बसिरहन सकिन्छ त ? अहँ, यो कुरा पनि अव्यावहारिक र असम्भव नै हुन्छ । त्यसो भए के गर्ने त ? अर्थात् यो साथीको पाटो र बाटोलाई कसरी व्यवस्थित गर्ने ?
साथी वा आफन्त, इष्टमित्र जो सुकैसँगको सम्बन्ध व्यवस्थापनका लागि पनि सबैभन्दा मुख्य कुरा आफू र अर्को पक्षलाई राम्रोसँग चिन्ने-बुझ्ने नै हो । यसमा हामीले बुझ्नुपर्ने धेरै पाटा हुन् सक्छन् । जस्तो कि आफ्नो र अर्काका रुचि, आनीबानी, मूल्य–मान्यता, उद्देश्य, विश्वास, धारणा, पृष्ठभूमि (पारिवारिक, सांस्कृतिक, शैक्षिक आदि)लगायतका थुप्रै कुराको जानकारी आवश्यक पर्न सक्छ । सबै कुरा पूर्ण रूपमा जान्न र सम्पूर्ण रूपमा प्रायः कसैलाई चिन्न लगभग असम्भव जस्तै हुन सक्ने भए पनि कमसेकम सचेततापूर्वक जोडिने साथीको नाता दिगो हुन सक्छ ।
आफूले अरू कसैलाई साथीका रूपमा प्रस्ताव राख्नुअघि होस् वा अरूले राखेको प्रस्ताव स्वीकार गर्नुअघि होस् कम्तीमा एउटा प्रश्न आफैंसँग सोध्नु उपयोगी हुन सक्छ । त्यो प्रश्न हो, किन ? अर्थात् तपाई त्यो मानिसलाई किन साथी बनाउन प्रेरित हुनुहुन्छ ? अर्कोतिर त्यो मानिसले तपाईंसँग साथीको नाता जोड्न चाहनुको पछाडि के–कस्तो सम्भावित कारण हुन सक्छन् ? समग्रमा भन्नुपर्दा ‘साथी’को नाता हरेक मानिसको जीवनमा निकै नै अपरिहार्य र महत्वपूर्ण हुने भएकाले यो नाता जोड्नअघि, जोडी सकेपछि र तोड्नअघि पर्याप्त सचेतता अपनाउन सक्यो भने ‘साथीत्व’मा प्राप्त हुन् सक्ने तीतोपना को अनुभवमा कमी ल्याउन सकिन्छ ।






