खाडी मुलुक र मलेसियाबाट आउने कामदारले अब पाँच दिन होटल क्वारेन्टिन बसे पुग्ने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार म्यानमारबाट उद्धार गरी ल्याइएका नेपालीहरु ।

काठमाडौं । खाडी मुलुक र मलेसियाको वैदेशिक रोजगारीमा गएका नेपाली कामदार स्वदेश आउँदा अब पाँच दिन मात्र होटल क्वारेन्टिनमा बसे पुग्ने भएको छ । सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन, कतारमा साताको एक-एकवटा दुईतर्फी उडान भर्न सक्नेगरी अनुमति खुला गरेसँगै त्यहाँबाट आउने यात्रुलाई लक्षित गर्दै मापदण्ड बनाएको हो ।

सरकारले गरेको यस्तो खुकुको हवाई यात्रा मापदण्डअनुसार अब वैदेशिक रोजगारीबाट स्वदेश फर्किने यात्रु पाँच दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । होटल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्नेगरी आफ्नो घर÷गन्तव्यमा जान दिइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

होटल व्यवसायीलाई राहात

मंगलबार मन्त्रालयले स्वदेशी तथा विदेशी नागरिक विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने नयाँ मापदण्ड सार्वजनिक गर्दै यस्तो प्रावधान ल्याएको हो । जसका लागि आकस्मिक अवस्थामा बाहेक अन्यलाई १० दिन होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने पर्यटन मन्त्रालयले जनाएको छ ।

आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु (नेपाली–विदेशी)लाई भने अनिवार्य १० दिन होटल क्वारेन्टिनको प्रावधान दोहोरिएको छ । मन्त्रालयका अनुसार नेपाल आउँदा साथमा ७२ घण्टायताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटल क्वारेन्टिनको खर्च भने यात्रु स्वयंको हो ।

१० दिन होटल क्वारेन्टिनपछि भने कोरोनाको लक्षण देखिएका व्यक्तिले पीसीआर परीक्षण गर्नुपर्छ । पीसीआर परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएमा १० दिन आइसोलेसन सेन्टर, अस्पताल वा तोकिएको होटलमै बस्नुपर्नेछ । १० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु घर÷गन्तव्यमा जान सक्ने छन् ।

तर, आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार (काजक्रिया)मा सहभागी हुन विदेशबाट स्वदेश आउने व्यक्तिको हकमा स्थानीय तहको सिफारिसमा कम्तीमा १० दिने अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर÷गन्तव्यमा जान दिइनेछ ।

यसैगरी, दीर्घरोगी, शारीरिक रूपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्नेगरी जान दिइने भएको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका नाबालक र नाबालकका आमाबुबाको हकमा स्थानीय तहको सिफारिसमा कम्तीमा १० दिन क्वारेन्टिनमा बस्नेगरी जान दिइने भएको छ ।

कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई नियोगको सिफारिसमा जान दिइने भएको छ । नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणमा खटिन आउने विदेशमा काम गरिरहेका स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा तोकिएको गन्तव्यमा १० दिन क्वारेन्टिन बस्नेगरी जान दिइने भएको छ ।

मन्त्रालयले गरेको यो नयाँ निणर्यअनुसार अब काठमाडौंको ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वारेन्टिन तोकिनेछैन । मन्त्रालयका अनुसार अब यी क्षेत्रमा रहेका होटललाई क्वारेन्टिनका रूपमा सूचीकृत गर्न नपाइने भएको हो ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले यी क्षेत्र घना बस्ती भएका क्षेत्र भएकाले कोरोना संक्रमण नियन्त्रण गर्न ती क्षेत्रका होटललाई क्वारेन्टिन होटलका रूपमा सूचीकृत नगर्ने निर्णय सरकारले गरेको जानकारी गराए । होटल क्वारेन्टिनका लागि होटलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डले पाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 422 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ