ग्याल्पो ल्होसार : नयाँ वर्ष मनाउन उर्लिए शेर्पा समुदाय (फोटोफिचर)

सिन्धुपाल्चोक । शेर्पा समुदायको नयाँ वर्ष च्या फो चिवा ल्हो २१४७ औँ ग्याल्पो ल्होसारको अवसरमा बाह्रविसे शेर्पा संघले वृहत्त शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । बाह्रविसे नगरपालिका शेर्पा संघको आयोजनामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा नगरपालिका र आसपासका सर्यौ शेर्पा समुदायको सहभागीता रहेको थियो ।

शेर्पाहरुको आफ्नै पहिरनामा नयाँ वर्षको कार्यक्रममा सहभागी हुन गाउँ गाउँबाट शेर्पा हरु सहभागी भएका थिए । बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपाकिमा शेर्पा समुदायको बाक्लो बसोबास रहेको छ । शेर्पा समुदायको नयाँ वर्षको अवसरमा पहिलो पटक बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकाले आफ्नो क्षेत्र भित्र तिन दिन सार्वजनिक बिदा समेत दिएको बाह्रविसे शेर्पा संघका अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिए ।

बाह्रविसे नगरपालिकाको गाती, मार्मिङ, घोर्थलीलगायतका वडाहरुमा शेर्पा समुदायको बाहुल्यता रहेको छ । नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा शेर्पा समुदायले एक आपसमा जम्मा भएर आफ्नो नयाँ वर्षको अवसरमा शुभकामना आदनप्रदान मात्रै गरेनन्,सँगै बसेर सामुहकि खाना र रमाइले गरेका थिए । लामा धर्म गुरुहरुले प्रवित्र मन्त्रोचारण बाट सुरु भएको कार्यक्रममा धर्म गुरुहरुले प्रवचन समेत दिएका थिए ।

बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेयर शेर्पाले शेर्पा समुदायको मात्रै नभएर यस्ता पर्वहरु साझा हुनुपर्ने बताए । आफु शेर्पा समुदायबाट मेयरमा निर्वाचित भएपनि सबै धर्म र जातिहरुको साझा भएर काम गरेको बताए । ‘शेर्पाको छोरो मेयर भएपछि गाउँ गाउँमा गुम्बालगायतका संरचनाहरु निर्माण हुनुपर्छ भनेर माग आउँछ तर ‘म गुम्बा मात्रै होइन मन्दिर, चर्चलगायत सबै संरचनाहरु निर्माण गर्नका लागि लागिरहेको छु’, शेर्पाले भने । ‘शेर्पा मेयर भएपछि शेर्पा समुदायको मात्रै होइन सबैको मेयर हो, अन्यत्र अरु जातिका प्रमुखहरु छन् भने उनीहरु शेर्पालगायतका अरु जातिका पनि हुन मेयर शेर्पाले भने–‘पहिला हामी सबै नेपाली हौँ त्यसपछि मात्रै जाति र धर्मका कुरा हुन्छ ।’

‘हाम्रो संस्कृति हाम्रो पहिचान, यसलाई जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नारा तय गरेर आफुहरुले यो वर्षदेखि शुभकामना आदनप्रदान कार्यक्रम राखेको बाह्रविसे नगर स्तरीय शेर्पा संघका अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिए । नगरस्तरीय शेर्पा संघ गठन भएर अब आफुहरु आफ्नो जातिको पहिचानको लागि सबैलाई संगठित गराउने अभियानमा रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

नयाँ वर्षको अवसरमा नेपाल शेर्पा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ङवाङ सोनाम शेर्पा, खेन्पो निमा शेर्पा, कमल भण्डारी लगायतका सहभागीहरुले आफ्नो सास्कृतिक जगेर्ना गर्न एक जुट भएर लाग्नु पर्ने बताए । कार्यक्रममा नेकपा जिल्ला सदस्य प्रदिप पौडेल शेर्पा संघ वाग्मती प्रदेशका आङछिरीङ शेर्पा लगायतले पनि शेर्पा समुदायको नयाँ वर्षको अवसरमा शुभकामना दिएका थिए ।

बालबालिका, युवा युवती, वृद्धा सबै शेर्पा समुदायहरु आफ्नो मौलिक भेषभुषमा कार्यक्रममा सहभागी भएका थिए । शेर्पा समुदायको प्रसिद्ध स्याब्रू नृत्य लगायतका झाँक्रीहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो । शेर्पा समुदाय र अन्य राष्ट्रिय कलाकारहरुले कार्यक्रममा आफ्नो प्रस्तुती दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1,182 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा