आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा
काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा
भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो
बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो
जनताको आँशु पोखिँदा मेरो नदि सुकेर जान्छ
गोर्खाली भनि गर्व गरेको शिर अहिले झुकेर जान्छ
जनताको व्यथा सुनाउदा किन फोहोराले हान्छ सरकार
सबै बन्द पैसा छैन जनताले कसरी खान्छ सरकार
सपना सबै ध्वस्त भए टुटे सबै मनका रहर
एकाएक गरि फैलियो जगतै भरी कोरोनाको कहर
सबै तिर ठप्प बनायो सरकारले रोग लाग्ला भनी
धनी,गरिब,महान्,दलित यसले चिन्दैन कसैलाई पनि
खान धौ धौ परेको छ छैन रोजगार हातमा
कुन बेला जाने हो थाहा छैन त्यो निशब्द घाटमा
छोरा छोरी आफन्त सबै गाउँ फर्केको देखेर ताँती
हेर्दै खुशी भई भन्छिन् आमाले कोरोना आएकै जाति
हार मान्नु हुन्न नरले रोगलाई लडेर देखाउनु छ
लगनशील हामी अब अघि बढेर देखाउनु छ
आजभोली मुटु दुखेर डाडाँपाखा मेरो देश कराएको छ
हेरन सरकार यो सोझो जनताको मुस्कान हराएको छ ।






