विष्णु र सविताको हत्या कि आत्महत्या ?

अप्रत्यासित रूपमा हुने मृत्युका अधिकांश घटना पछिल्लो समयमा विवादास्पद बन्दै आएका छन् । मृत्युको सन्दर्भमा देखापर्ने कतिपय मास गतिविधि पनि विशुद्ध अपराध र अपराधीविरुद्ध भन्दा सत्ता र विपक्षको दलीय एवं समूहगत स्वार्थ र खिचातानीमै आधारित बन्ने क्रम पनि बढ्दै आएको छ । स्वाभाविक मृत्युलाई अस्वाभाविक ठान्ने, आत्महत्यालाई कर्तव्य मान्ने, कर्तव्यलाई आत्महत्यामा परिणत गराई फाइदा लिने समूहगत स्वार्थले अनुसन्धानलाई प्रभावित बनाए पनि तथ्यलाई प्रभावित बनाउन सक्दैन । तथापि, यस्तो गतिविधिले सर्वसाधारणमा भने आक्रोश र कौतुहलता जगाइदिन्छ । यसैले सस्तो लोकप्रियताका लागि मात्र होइन घटनाको यथार्थताको जड पहिल्याई, वास्तविकता लोप गराउने प्रयत्न भएको अवस्थामा भने समाजले मौन नबसी खबरदारी गर्नै पर्छ । घटनाको तथ्य पहिचान गर्ने, कसुरदारलाई दण्डित गराउने, निर्दोषलाई उन्मुक्ति दिलाउने तथा पीडितलाई कानुनी प्रक्रियाबाटै राहत प्रदान गराउने दायित्व सर्वसाधारण सबैको हो । यही सन्दर्भको विवादास्पद बनेको पछिल्लो चर्चित घटना चितवनको रामपुर निवासी सविता भण्डारी धिताल र रूपन्देहीको सैनामैना निवासी विष्णु बराल भट्टराईको मृत्युको घटना हो । यसमध्ये विष्णु बरालको केस अहिले अनुसन्धानकै क्रममा छ भने सविता भण्डारीको मुद्दा नै अदालतमा पुगिसकेपछि देखिएको पछिल्लो मास गतिविधिले देख्ने सुन्नेमा कौतुहलता जगाए पनि अन्त्य भइसकेको अनुसन्धानको अवस्थालाई परिवर्तन गर्न सक्दैन । रहस्यमय देखिएको दुवै घटनाको प्रहरी अनुसन्धानले घटना विवरणलाई समेट्यो समेटेन ? भन्ने कुरा नै बढी महŒवपूर्ण हुने भएकाले त्यसका निम्ति पुनः हामीले घटनाको परिदृश्यलाई नै स्मरण गर्नुपर्नेहुन्छ ।

सविता भण्डारी र विष्णु बरालको मृत्यु अस्वाभाविक हो भन्ने कुरा त स्वतः स्पष्ट भइसकेको छ । अस्वाभाविकता पनि कर्तव्यसँग सम्बन्धित हो वा आत्महत्यामा भन्ने कुरो नै अहिले विवादको मुख्य विषय बन्दै बनाइएको छ । वास्तवमा मृत्यु आत्महत्या वा कर्तव्य के हो ? भन्ने कुरा घटनाको यथाअवस्थाले नै बताउँछ मासले बताइरहनै पर्दैन । घटनाको यथार्थता अनुसन्धानको प्रारम्भिक चरणमा देखिने भएकाले त्यो स्थानीय समाज तथा सम्बद्ध पक्षले नै देख्यो देखेन ? भन्ने कुरा अनुसन्धानमा विशेष महŒवपूर्ण मानिन्छ । अप्रत्यासित रूपमा हुने मृत्युको घटना प्रारम्भमै त्यसै पनि चर्चित बन्छ । सम्बद्ध परिवार छरछिमेकी, स्थानीय भद्रभदालमी र अनुसन्धान अधिकृतको टोली घटनास्थलमा तत्कालै पुगेको थियो भन्ने कुरा पनि प्रारम्भिक अनुसन्धानकै क्रममा पुष्टि भएको हुन्छ । कानुनले ज्यान केसको अनुसन्धान सर्वपक्षीय उपस्थितिमा घटनास्थलबाटै प्रारम्भ गर्नुपर्ने व्यवस्था गर्नुको आशय पनि घटना’boutमा सबैलाई जानकारी होस् भन्ने नै हो ।

पछिल्लो समयमा राजनीतिक नेता कार्यकर्ता मात्र होइन आस्थाका व्यक्तिलाई समेत कानुनमाथिको ठान्ने प्रवृत्ति बढ्दो छ

तुलनात्मक रूपमा पुरुषको भन्दा स्त्री वा युवतीको लास अनुसन्धानको क्रममा बढी संवेदनशील हुन्छ भन्ने कुरा प्रहरीले मात्र होइन समाजले नै नबुझेको छैन । त्यसमा पनि विवाहित स्त्रीको अप्रत्यासित मृत्युमा घर पक्ष जतिकै माइती पक्षको उपस्थिति अनिवार्य गरिनुपर्छ भन्ने कुरा नबुझ्ने प्रहरी अनुसन्धानकर्ता अहिले कोही छैन । कतिपय घटना माइतीकै अनुपस्थितिको कारण विवादास्पद बन्छन् भने कतिपय घरपरिवारकै सदस्यको उपस्थिति बेगरै पनि विवादित बन्न पुग्छन् । यी दुवै पक्ष र स्थानीय समाज एवं जनप्रतिनिधिसामु गरिने घटनास्थल प्रकृति र लास प्रकृति मुचुल्का उठाउँदा उल्लेख गरिने यथावस्थाको वृतान्तले नै घटना कर्तव्य हो वा आत्महत्या भन्ने बताउँछ । यो कसैको नजरबाट छिप्ने गोप्य कुरै होइन ।

‘लास परेको स्थानमा प्रहरी आयो । घटनास्थल र लास प्रकृति मुचुल्का ग¥यो । उपस्थित कतिले हत्या हो भने, कतिपयले कालगतिले वा आफैं आत्महत्या गरेको ठानें ।’ लासपरेको स्थानमा सर्वसाधारणबाट यस्तै प्रतिक्रिया आउने गर्छ । तर, घटनास्थलमा आएको प्रहरीलाई घटनास्थल र लास प्रकृति मुचुल्का गरिदिएर हामीले पठायौं भन्ने अभिव्यक्ति जनस्तरबाट अझै आउन सकेको छैन । अनुसन्धान राज्य पक्षको मात्र होइन सर्वसाधारणको पनि उत्तिकै चासोको विषय हो भन्ने कुरालाई सर्वसाधारणले अझै गम्भीरताका साथ नलिएको यो अभिव्यक्तिले पुष्टि गर्छ । प्रारम्भिक अनुसन्धान, अनुसन्धानको आधारस्तम्भ हो भन्ने कुरा सर्वसाधारण सबैले बुझेको हुनुपर्छ । अनुसन्धानको क्रममा गरिने प्रकृति मुचुल्का पनि प्रहरीले गर्ने होइन, लास देख्ने सर्वसाधारणले नै गरिदिएको हो प्रहरीले त गराएको मात्र हो भन्ने बुझाई सर्वसाधारणमा नभएसम्म घटनालाई अवसरका रूपमा लिई राजनीतिक लाभ प्राप्त गर्न पछि नपर्ने प्रवृतिको अन्त्य हुन सक्दैन । लास जाँचको क्रममा प्रहरी कारिन्दा हुन्छ भने सर्वसाधारण नागरिक कर्ता हुन्छन् । यसैले लासको यथाअवस्था चित्रण गर्ने प्रकृति मुचुल्कामा लासमा भएको सबै विवरण जस्ताको तस्तै उल्लेख गरिएको छ÷छैन ? नभए यथाअवस्था नछुटाई प्रहरीलाई उल्लेख गर्न लगाउने दायित्व पनि समाजकै हो । लास जाँचमा हुने सामान्य त्रुटिले पनि पछि अनुसन्धानलाई अन्योलपूर्ण बनाउने भएकाले मुचुल्का गरिदिने सर्वसाधारण नागरिक पनि अनुसन्धान अधिकृत जतिकै सचेत बन्नुपर्छ ।

अहिले सत्ताशक्तिको आडमा लासमा राजनीति गर्ने क्रम पनि बढ्दै आएको छ । पार्टीका नेता कार्यकर्ता मात्र होइन दलप्रति आस्था राख्ने व्यक्ति नै अपराधमा संलग्न रहेको घटनामा स्वाभाविक मृत्युलाई हत्यामा परिणत गराउने, हत्यालाई स्वाभाविक मृत्यु बनाउने उद्देश्यको राजनीतिक खिचातानीले अनुसन्धानलाई प्रभावित पार्दै ल्याएको छ । आस्थाका व्यक्तिसमेत कानुनको दायरा बाहिर हुन्छन् भन्ने मान्यता विकसित हुँदै छ । तर, लास प्रकृति गर्दा लासको यथाअवस्था’bout सर्वसाधारण चनाखो रहने हो भने मृत्यु स्वाभाविक वा अस्वाभाविक ? अस्वाभाविक भए आत्महत्या हो वा कर्तव्य ? भन्ने कुरा अनुसन्धान अधिकृतले मात्र होइन सर्वसाधारण सबैले घटनास्थलमै पहिचान गर्न सक्छन् । सर्वसाधारण सचेत भए कुनै पनि बाह्य शक्तिले अनुसन्धानलाई प्रभावित बनाउन सक्दैन । आत्महत्या वा कर्तव्य भन्ने कुरा लासको अवस्था आफैंले बताइरहेको हुन्छ । लासले बताएको कुरा सर्वसाधारणले बुझ्ने प्रयास गर्नुपर्दछ । यो गोप्य पनि हुँदैन । सबैले देख्न हेर्न सक्छन् । चासो दिनेले फोटो लिन सक्छन् । मुचुल्कामा प्रहरीले उल्लेख गरेकै यथाअवस्थाको विवरणको टिपोट आफैंले गर्न सक्छन् । घटना सम्बद्ध यो अवस्थाको जनचासो कानुनी चेतनाकै प्रतीक मानिन्छ, जुन सकारात्मक हो । तर, यो अवस्थामा समाज पुगेको देखिँदैन । यसैको फाइदा समाजकै कतिपय बुझक्कडहरूले लिएर लासमा राजनीति गर्दै आएका छन् । अदालतले प्रारम्भिक चरणको निर्णय गरिसकेको अवस्थामा चितवनमा अहिले देखिएको मास गतिविधि यसैको दृष्टान्त हो भने रूपन्देहीको विष्णु बरालको घटना सम्बद्ध मास गतिविधि अनुसन्धानमा खबरदारी पु¥याउने सूचक हो ।

प्रायः गरी झुन्डिएर मरेको वा मारेपछि झुन्ड्याइएको, डुबेर मृत्यु भएको वा मारेर पछि डुबाइएको, जलेर मरेको वा मारेपछि जलाइएको घटनामा बढी विवाद उत्पन्न हुने गर्छ । तर, यी सबै घटनामा लासको अवस्थाले नै घटना यस्तो हो भन्ने कुरा बताएको हुन्छ । जसलाई प्रकृति मुचुल्काबाटै सधैंका लागि बोल्ने बनाइन्छ । घटनास्थलमा प्राप्त सबुद प्रमाणमा आधारित रही तथ्यपरक अनुसन्धान अगाडि बढाइए यथार्थताको जडसम्म सहजै पुग्न सकिन्छ । सविता र विष्णुले आफैं झुन्डिएर आत्महत्या गरेकी मारेपछि उनीहरूलाई झुन्ड्याइयो ? भन्ने कुरा लासमा पाइने निम्न लक्षणका आधारमा अनुमान गर्न सकिन्छ ।

आफैं झुन्डिएर मरेको लासमा हुने लक्षण लासको ओठ फुस्रो हुन्छ । आँखा खुलेको र आँखाको नानी फैलिएर ठूलो भएको हुन्छ । आँखाको गेडी यथाअवस्थाबाट केही बाहिर निस्केको हुन्छ । जिब्रो बाहिर निस्केको वा ओठले च्यापेको अवस्थामा हुन्छ । अनुहार पहेंलो र मुख खुलेको हुन्छ । नाकबाट पानी वा सिँगान निस्केको हुन्छ । मुखबाट ¥याल निस्कन्छ । गुद्वार र गुप्तांगको प्वालबाट रगत, लस्सादार पानी, वीर्य र मल निस्केको हुन सक्छ । डोरीले कसिएको घाँटीको भागमा डोरीको डाम हुन्छ । डोरी खस्रो भए डाममा रगत देखिन्छ । गर्धन साबिकभन्दा केही तन्किएको हुन्छ । गर्धनको पछाडिपट्टिको मेरुदण्डको हडी भाँचिएको हुन्छ । डोरीको गाँठो टाउको लटकिएको (झुकेको) विपरीत दिशामा हुन्छ । घाँटीमा हुने डोरीको डाम समानान्तर रूपमै गोलाकार हुँदैन, अर्धगोलो वा भी आकारको हुन्छ । डोरीको गाँठो पनि टाउको लट्किएको विपरीत दिशामा कानमुनि हुन्छ । घाँटीमा डोरीको डाम परेको भाग कडा हुन्छ । हात मुठी परेको वा अर्धमुठी परेको हुन्छ । झुन्डिएर मरेको लासमा मुखमा ¥याल छ भने त्यो आफैं झुन्डिएको महŒवपूर्ण प्रमाण हो । लासमा पोस्टमार्टम स्टेन (रगत जमेर देखिने रातो धब्बा) खुट्टामा, हातमा र अनुहारमा हुन्छ । कहिलेकाहीँ शरीरको बोझले गर्दा घाँटीको डोरी सर्न गई दुईटा डाम पनि देखिन सक्छ । यस्तो भेटिए डोरीको अवस्था राम्रोसँग हेर्नुपर्छ । गर्धनको हडी भाँचिएर वा जोर्नी खुस्किएर मृत्यु भएको रहेछ भने घाँटी असाधारण तरिकाबाट बढी लुलो हुने भएकाले मुन्टोलाई दाहिने बायाँ हल्लाउँदा सजिलै हल्लन्छ । यी सबै जीवित अवस्थामा झुन्डिएको प्रमाण हुन् । साथै झुन्डी मरेको लासको शरीरको अन्य भागमा कुनै निलडाम र घाउचोट हुँदैन । तर, मृत्यु भइसकेपछि वा मारिसकेर झुन्ड्याइएको लासमा अस्वाभाविक घाउचोट र निलडाम हुन सक्छ । मारेपछि झुन्ड्याइएको लास भारी भए बोझको कारण कहिलेकाहीँ गर्धनको हड्डी भाँचिन सक्छ । यी सबै कुरा लास हेर्दा नै थाहा पाइन्छ । सविता र विष्णुको लास प्रकृति गरिदिने सम्बन्धित सबैले यस्ता लक्षण लासमा थिए÷थिएनन् ? स्मरण मात्र गर्ने हो भने भ्रम र अन्योलता आफैं हट्नेछ ।

विष्णु र सविता प्रकरणमा घटनाको प्रकृति र तथ्यगत प्रमाणमा आधारित भई खोजीनीति गरिए भविष्यमा अन्य छोरी चेलीले अनाहकमा ज्यान गुमाउनुपर्नेछैन

यदि प्रहरी अनुसन्धान शंकास्पद लागे आफैंले गरेको प्रकृति मुचुल्काको प्रतिलिपि सर्वसाधारणले हेर्न पाउँछन्, यो गोप्य हुँदैन । झुन्डिएकी विष्णु बराललाई ससुराले पासोबाट निकाली पानी खुवाएको सोपछि मृत्यु भएको जनाइएको छ । तर, सविता प्रकरणमा पासो लागेको डोरी वा सल बाँधिएको स्थान हातले सजिलै भेट्न सक्ने अवस्थामा थियो, त्यो अवस्थामा आत्महत्या हुन सक्दैन भन्ने आशंका जनमानसबाट व्यक्त भएको देखिन्छ । तर, यस्तो सम्भावना हुन्छ किनकि अनुसन्धानको गहन प्राविधिक कुरामा सर्वसाधारणको दृष्टि नपुग्न सक्छ । खुट्टाले भुइँमा छोएको अवस्थामा मात्र होइन घुँडा टेकिएकै अवस्थामा पनि आत्महत्याको लास फेला पर्न सक्छ । सुन्दै अपत्यारिलो लाग्ने यस्तो प्रकृतिको आत्महत्या अत्यन्त बिरलै हुन्छ । नेपाल प्रहरीमा अनुसन्धानकर्ताका रूपमा ३२ वर्ष कार्यरत रहँदा मृतकको घुँडा टेकिएकै अवस्थामा फेला परेको आत्महत्याको पहिलो तथा अन्तिम एउटै मात्र केस यस स्तम्भकारले धनकुटा जिल्लाको भीरगाउँमा २०५३ सालमा पाएको कुरा अवगत गराउन चाहन्छु । त्यसको कारण र सम्भाव्यता’bout पनि उल्लेख गर्न सान्दर्भिक ठान्छु ।

धनकुटामा आत्महत्या गरेकी अन्दाजी १६÷१७ वर्षकी किशोरीको लास घुँडा टेकिएकै अवस्थामा बरामद गरिएको थियो । लासको मुखबाट निस्केको ¥याल सुकेर धागाको डोरो जस्तो अवस्थामा ओठबाट करिब १ फिट तल झुन्डिएर रहेको थियो । गर्धनको हड्डी भाँचिएको र जिब्रो बाहिर निस्केको थियो । डोरी बाँधिएको स्थान भने गाई गोठकै तल्लो बलोमा अन्दाजी ५ फिट उचाइमा थियो । जुन किशोरीको उचाइभन्दा ३ इन्च अग्लो मात्र हो । घाँटी र बलोबीचको डोरीको लम्बाइ करिब ३ फिट थियो । डोरी बाँधिसकेपछि उभिएकै अवस्थामा झटकाका साथ युवतीले जीउ फालिन वा हुत्याइन भन्ने कुरा लासको अवस्थाले देखाउँथ्यो । शरीरकै झट्का र बोझले गर्धनको हड्डी भाँचियो । घाँटीको गाँठो कसियो, सोही कारणबाट उनको मृत्यु भयो । अन्तिम अवस्थामा मानिसले बाँच्ने प्रयास गर्ने भएकाले प्रयासकै क्रममा घुँडा टेकिएकै अवस्थामा उनको प्राण गएको लासको अवस्थाले बताउँथ्यो । जीवित झुन्डिएको लासमा पाइने उपरोक्त अन्य सबै लक्षण किशोरीको लासमा थियो । पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘डियु टु हेंगिङ’ उल्लेख थियो । तर, यो प्रकृतिको आत्महत्या सयौंमा एक हुन सक्छ ।

यसैले खुट्टाले भुइँ छोएको अवस्थामा आत्महत्या हुन सक्दैन भन्ने कुरा सधैं सत्य नहुन सक्छ । सविता र विष्णुको लासमा उपरोक्त लक्षण केही थिएनन् भने घटना कर्तव्य हो भन्ने आशंका गर्नुपर्छ । कर्तव्य को कसबाट, के कारणले भन्ने कुरो त जनसमूहबाटै आइरहेको छ । त्यसतर्फ सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने दायित्व प्रहरीकै हो । लासमा जीवितै झुन्डिएको लक्षण थियो भने पनि सवितालाई मृत्यु वरण गर्नुपर्नेसम्मको अवस्थामा कसले पु¥यायो ? त्यसको जडसम्म प्रहरी अनुसन्धान पुगेको थियो भन्ने कुरा पनि अदालतको प्रारम्भिक चरणको निर्णयले बताइसकेको छ । विष्णु बरालको हकमा भने गत असार ८ गते आरोपित पक्राउ गरी हाल अनुसन्धान भइरहेको छ । सो’bout वास्तविकता आउन बाँकी नै छ । सविता प्रकरणमा अहिले देखिएजस्तै मास गतिविधि प्रहरी अनुसन्धानकै क्रममा देखिएको भए त्यसले अनुसन्धानलाई थप तथ्यप्रति आकर्षित गराउने प्रेरणा दिन्थ्यो । जुन विष्णुको घटनामा अहिले देखिरहेको छ । यो अवस्थाको गतिविधिले अनुसन्धानलाई सहयोग पु¥याएको मानिन्थ्यो । तर, सविताकै बुबाले आत्महत्या दुरुत्साहन भनी जाहेरी दिनु, सविताकै बहिनीले दिदीले आत्महत्या गर्नेसम्मको अवस्थामा घरपरिवारका सदस्यले पु¥याए भनी प्रहरी वृत्त नयाँ बानेश्वरमार्फत कागज गरी अनुसन्धानकै क्रममा चितवन प्रहरीमा पठाउनु, अदालत पेस भएका आरोपित सविताका ससुरा, सासु र श्रीमान् धरौटीमा छुट्नु तर त्यसपछि भने घटनालाई चर्चित बनाउने प्रयास गर्नुको पछाडि कुनै नकुनै उद्देश्यमा आधारित दूषित राजनीतिको प्रभाव नहोला भन्न सकिन्न ।

राजनीतिक खिचातानी र सत्ता शक्तिको प्रभावमा हत्यारालाई उन्मुक्ति दिलाउनकै लागि सविता प्रकरणमा चितवन प्रहरीलाई औजार बनाइएको हो वा प्रहरी आफैंले त्रुटिपूर्ण अनुसन्धान ग¥यो ? भन्ने’boutमा माथिल्लो निकायबाटै प्रक्रियागत ढंगले अनुगमन हुनुपर्छ । पछिल्लो समयमा राजनीतिक नेता कार्यकर्ता मात्र होइन आस्थाका व्यक्तिलाई समेत कानुन माथिको ठान्ने प्रवृत्ति बढ्दो छ । यदि विष्णु र सविता प्रकरणमा पनि यस्तै भएको हो भने घटना प्रकृति र तथ्यगत प्रमाणमा आधारित भई खोजीनीति गरिए भविष्यमा अन्य छोरीचेलीले सविता र विष्णुकै जस्तो अनाहकमा ज्यान गुमाउनुपर्ने छैन भन्नेतर्फ सबैले सजगता अपनाउन जरुरी छ । यसको साथै मुद्दाको थुनछेकको प्रक्रिया नै अदालतले समाप्त पारेपछि सविताको न्यायका लागि चितवनमा उर्लिएको मास गतिविधिले विचाराधीन मुद्दालाई शक्ति प्रदान गरी ब्युँताउन सक्दैन । तर, नवलपरासीकी विष्णु बरालको अनुसन्धानकै क्रममा भएको मास गतिविधिले उजागर गर्ने तथ्यगत प्रमाणले भने अनुसन्धान मजबुत बनाउन ऊर्जा नै प्रदान गर्छ । यसैले समय बिताएर होइन समयकै जनजागरणको मात्र अनुसन्धानमा विशेष महŒव हुन्छ भन्ने कुरा सर्वसाधारणले हेक्का राख्ने हो भने त्यो सबैको लागि हितकर बन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति