कृषि उत्पादन जलवायु परिवर्तन तथा मौसममाथि प्रत्यक्ष निर्भर हुन्छ । तापमान वर्षा तथा कार्बनडाइअक्साइडमा सम्भावित परिवर्तनले बालीनालीको वृद्धिलाई पनि सिधै तरिकाले प्रभावित गर्छ । सफल अनुकूलन तथा पर्याप्त सिँचाइको बाबजुद दुनियाँभरिमा खाद्य उत्पादनमा जलवायु परिवर्तनको समग्र प्रभाव छ । जुन कि बेग्लाबेग्लै स्थानहरूमा कहीँ कम त कहीँ मध्यमस्तरको मानिन्छ । जलवायु परिवर्तनका कारणले हामीकहाँ पनि तापमानमा अधिक मौसमी परिवर्तन अनुभव हुन लागेको छ । पछिल्लो सालको तुलनामा जाडोमा अधिक गर्मी हुनाका साथै गर्मीमा पनि तापमानमा भिन्नता हुन थालेको छ । जसको अनुभूति हिजोसम्म हामी गर्दै छौं । भारतीय उपमहादीपले सन् १९९१ देखि २००९ सम्ममा ठूलो मात्रामा २३ पटक खडेरीको अनुभव गरेको छ र खडेरीको आवृत्ति बढिराखेको छ । जलवायु परिवर्तन कृषि तथा खाद्य सुरक्षाको लागि ठूलो खतरा मान्नुपर्ने अवस्था छ । वर्तमानमा हामी यी र यस्ता चुनौतीपछि पनि खाद्य आपूर्ति सुरक्षित गर्न सक्षम भएका छौं । सबै जलवायु मोडेल (नमुना)ले भविष्यवाणी गरेका छन् अझ कठोर मौसम हुनेछ अझ बढी खडेरी पर्नेछ, भारी वर्षा अनि आँधी, हुरीका साथ उत्पन्न हुने खराब मौसमको स्थितिबाट कृषिजन्य उत्पादन प्रभावित हुनेछ । वायुमण्डलीय कार्वनडाइ अक्साइडको बढ्दो स्तरका कारण भूमण्डलीय आबोहावा तात्नेछ ।
देशको बढ्दो जनसंख्यालाई खुवाउने माग पूरा गर्न देशका किसानले बढी अन्न उत्पादन गर्नुपर्ने आवश्यकता छ । यद्यपि कृषिक्षेत्रले देशको सकल घरेलु उत्पादन झन्डै ३० प्रतिशतको हाराहारीमा योगदान पु¥याउँछ अनि ७० प्रतिशतमाथिको जनसंख्या आफ्नो आजीविकाका लागि कृषिमा निर्भर गर्छन् । त्यसमाथि वर्षाले सहरीकरण जनसंख्या वृद्धि एवं औद्योगिकीकरणका कारण पानीको माग तेजीले बढिराखेको छ । यसबाहेक नेपालमा बालीनाली भूमि उपयोगको प्रवृत्तिमा परिवर्तन, भूजलको अधिक दोहन एवं सिँचाइ तथा जल निकासमा परिवर्तनले कैयौं क्षेत्रमा जलचक्रलाई प्रभावित गरेको छ । पानीको उपलब्धता, गुणस्तर तथा मात्रा कृषि उत्पादन बढाउन सबैभन्दा महŒवपूर्ण कारकमध्ये एउटा मानिन्छ । यसका साथै हरितगृह ग्यास उत्सर्जन कम गर्न नीति एवं प्रोद्योगिक लागू गर्न पनि आवश्यक छ । कृषिको विकास सिधैं जलवायुमाथि निर्भर छ, किनकि तापमान, घाम र पानी बालीनालीका मुख्य चालक हुन् । जलवायु परिवर्तनले हाम्रो वर्तमान बालीनाली चक्रलाई धेरै नोक्सानी पु¥याएको छ र भविष्यमा अझ बढी गम्भीर परिणाम हुन सक्छ । तापमानमा हुने प्रत्येक १ डिग्री सेन्टिग्रेटको वृद्धिसँगै गहुँको उत्पादनमा ५ देखि १० प्रतिशतसम्म गिरावट हुने भविष्यवाणी गरिन्छ साथै २१सौं शताब्दीको मध्यसम्म दक्षिण एसियामा सालाखाला बालीनालीको उत्पादन ३० प्रतिशतसम्म घट्न सक्नेछ ।
कृषि क्षेत्रबाट हरित गृह ग्यास उत्सर्जनः
१९९० र २०१२ को बीच कृषि माटोबाट नाइट्रस अक्साइड उत्सर्जनमा ३०.९ प्रतिशतले वृद्धि भएको छ जुन कुल कृषि उत्सर्जनको ३९.३ प्रतिशत भयो । नाइट्रस अक्साइड उत्सर्जनमा यो मानव जनित वृद्धि मुख्यतः उर्वर रसायनिक मलको उपयोगको परिणास्वरूप हुने गर्छ । विश्व खाद्य संगठनका अनुसार धान उत्पादनबाट मिथेन उत्सर्जन १९९० देखि २०१२ सम्म १२ प्रतिशतले बढ्यो जुनकि २०१२ मा कृषिबाट हुने कुल उत्सर्जनको करिब ९.७ प्रतिशत भयो ।
जलवायु परिवर्तनको असर कृषि तथा पशुपालनमा मात्र सीमित नभई मानव समुदायमा पनि भोकमरी, कुपोषणलगायत नौला रोगहरूका रूपमा देखापर्छ
यो निष्कर्ष निकाल्न सकिन्छ कि भारतीय उपमहाद्वीप क्षेत्र जलवायु परिवर्तनप्रति अत्यधिक संवेदनशील छ तथा यसबाट कृषि क्षेत्रलाई सबैभन्दा बढी खतरा छ । यसको लागि हरित गृह ग्यास उत्सर्जनलाई कम गर्नुपर्नेहुन्छ । जसलाई मजबुत गर्न समन्वित प्रयासको तत्काल आवश्यकता पर्छ । साथै कृषि, वन, पशुपालन, जलीय जीवन तथा अन्य जीवित प्राणीमा जलवायु परिवर्तनको प्रभावको आंकलन गर्न अनुसन्धान गर्नुपर्ने पनि आवश्यकता देखिन्छ ।
यद्यपि, कृषि समुदाय पहिलेबाट नै जलवायु जोखिमको प्रबन्धका लागि कैयौं रणनीति प्रयोग गरिराखेका छन् । यी रणनीतिमा बालीनाली चक्र परिवर्तन गर्नेछ । जस्तो कि अन्नबालीको साटो, तरकारी खेती गर्ने, बालीनाली विविध कारण कृषि उद्यम तथा वर्षाको पानी सञ्चय गर्ने उपाय अबलम्बन गर्ने, हालको रणनीति जलवायु परिवर्तनको जोखिमलाई व्यवस्थापन तथा जलवायु अनिश्चितताबाट नराम्रोसँग प्रभावित समुदायको सेवाका लागि तथा बचाउनेको लागि ठहरिएको जस्तो छ । जलवायु जोखिमको परिणामस्वरूप हुने नोक्सानी र क्षतिका लागि अपर्याप्त जनचेतना या अपर्याप्त तयारी सक्रिय जोखिम प्रबन्धन प्रणालीको अभाव तथा प्राविधिकीय विशेषज्ञताको न्यूनस्तरलाई जिम्मेवारी ठह¥याउने गरिन्छ । कृषिक्षेत्रमा जलवायु परिवर्तनको जोखिम व्यवस्थापनका लागि निम्न लिखित प्रविधि अपनाउनुपर्ने देखिन्छ ।
समुदायमा आधारित बीउ भण्डार एवं व्यवस्थापकीय सुविधा उपलब्ध गराउन कृषि सेवा प्रणालीको विकास, खडेरी सहिष्णु तथा तापमान सहिष्णु बालीनाली जात लगाउने, बालीनाली उच्च एवं तापमान तनाव व्यवस्थापन, बालीनाली उत्पादनमा जोखिम कम गर्न बालीनाली विविधीकरण तथा एकीकृत दृष्टिकोण राख्ने, कृषिमा संसाधन अनुकूल एवं लचिलोपनलाई प्रोत्साहित गर्ने, संसाधन संरक्षण प्रविधिमा मुख्यरूपले वर्षा जल सञ्चय तथा माटोको चिस्यान संरक्षण सामेल छ । यसबाहेक अपमानित भूमिको सुधार, नदी कटान तथा जलप्रलयबाट माटोको कटाइ सुरक्षा, ढलान स्थिरीकरण एवं व्यवस्थापन गर्ने, जैविक विविधता एवं पारिवारिक बालीनालीको संरक्षण तथा प्रचारप्रसार गर्ने, धान, गहुँको बाली प्रणालीमा बाली संरक्षणलाई प्रोत्साहित गर्ने, जलवायुअनुसार राम्रा बालीनाली तथा बालीनाली प्रणाली अपनाउने, अग्ला बालीनाली एवं कृषि वन प्रणाली प्रोत्साहित गर्ने, सामुदायिक समूहको माध्यमबाट वन उपभोक्ताद्वारा संसाधनको स्थायी एवं न्यायसंगत उपभोग गर्ने गराउने ।
पशुधन, खाद्य सुरक्षाका लागि अति महत्वपूर्ण:
विश्वस्तरमा सेवन हुने प्रोटिनको ३४ प्रतिशत मासु, दूध र फूलले प्रदान गर्छ साथै अन्य आवश्यक सूक्ष्म पोषक तŒव जस्तै भिटामिन बी–१२, भिटामिन–ए, आइरन, जिंक, क्याल्सियम र राइबो फलेविन पनि प्रदान गरी खाद्य सुरक्षा एवं पोषणमा पशुपालन क्षेत्रको योगदान महŒवपूर्ण रहेको छ । यसबाहेक अन्य वस्तु एवं सेवामा गोबर मल, पारवहन, एवं खेत खनजोत गर्ने शक्ति पनि प्रदान गर्न महŒवपूर्ण भूमिका खेलेको पाइन्छ । पशुपालन क्षेत्रले बदलिँदो जलवायु परिवेश एवं परिपेक्षमा लाखौं असुरक्षित मानिस पशुधनमाथि निर्भर छन् किनकि पशुहरू सीमित स्थिति एवं जलवायु परिवर्तनलाई सामना गर्न पशुमा अनुकूलन गर्ने क्षमता अति महŒवपूर्ण हुन्छ । अधिकांश पशुधन उत्पादन अन्य खाद्य स्रोतको तुलनामा बढी हरितगृह ग्यास उत्पादनका लागि जिम्मेवार हुन्छन् । उत्सर्जन, उत्पादन, एन्टरिक किण्वन पशु अपशिष्ट तथा भू–उपयोगका कारण हुने गर्छ । विश्व खाद्य कृषि संगठन (२०१७) का अनुसार पशुधन उत्पादनबाट हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्न तीन तरिका प्रस्ताव गरिएको छ ।
अधिकांश पशुधन उत्पादनहरू अन्य खाद्य स्रोतहरूको तुलनामा बढी हरितगृह ग्यास उत्पादनका लागि जिम्मेवार हुन्छन्
उत्पादकतामा सुधार जसले उत्सर्जनको तीव्रतालाई कम गर्नेछ । सुधारित चरण व्यवस्थापनको माध्यमबाट कार्वन अनुक्रम (कार्बन सिक्वेट्रेसन) गर्ने । वृत्ताकार जैविक विविधतामा राम्रो पशुधन एकीकरण गर्ने आदि छन् ।
विकासशील देशमा पशुधन कृषिक्षेत्रमा एउटा प्रमुख भूमिका निभाउँछ तथा पशुधनक्षेत्र कृषि सकल घरेलु उत्पादनमा ४० प्रतिशत योगदान गर्छ । पशुजन्य खाद्यपदार्थको वैश्विक माग बढिराखेको छ तथा यो प्रस्ट छ कि पशुधन क्षेत्रलाई विस्तार गर्नुपर्ने आवश्यकता पर्नेछ । प्रतिकूल मौसमको हानिकारक प्रभावबाट पशुधनमा प्रतिकूल प्रभाव पार्छ । उत्पादनमा नोक्सानी ज्यादा तर जलवायु परिवर्तनको अप्रत्यक्ष प्रभावबाट हुनेछ जुन मोटामोटी रूपमा चारा आहार तथा जलसंसाधनको अनुपलब्धताको माध्यमबाट हुनेछ ।
जलवायु परिवर्तनका कारणबाट चारो उत्पादनको मात्रा तथा विश्वसनीयता चारोको गुणस्तर, पानीको माग तथा घाँसबालीको खेतीको क्षमतामा प्रभावित हुनेछ । विभिन्न जलवायु मोडेल (नमुना) अनुमान बताउँछन् कि वर्ष २१०० सम्म औसत वैश्विक तापमान सन् २०१० को तुलनामा १.१ देखि ६.४ डिग्री सेन्टिग्रेडसम्म तातो हुन सक्छ । पशुधनका अगाडि आउन सक्ने कठिनाइ मौसमको सीमा हो । उदारहणका लागि तीव्र गर्मीका लहर बाढी तथा खडेरी । उत्पादनको नोक्सानीबाहेक चरम घटनाबाट पनि पशुको मृत्यु हुन सक्छ । पशुधन उत्पादनमा जलवायु परिवर्तनको सबैभन्दा महŒवपूर्ण प्रत्यक्ष प्रभाव गर्मीको तनावबाट हुनेछ । गर्मीको तनाव दूध उत्पादन, मासु, फूल उत्पादन, प्रजनन क्षमता तथा पशुस्वास्थ्यमा कमीको माध्यमबाट पशुधन उत्पादकका लागि एउटा महŒवपूर्ण वित्तीय बोझका रूपमा अगाडि आउनेछ । पशुधन क्षेत्रमा पशुधन जलवायु परिवर्तनको जोखिमलाई कम गर्न निम्नलिखित प्रविधि अनुकूलन गर्नुपर्नेहुन्छ ।
पूर्व चेतावनी प्रणालीको विकास, पशुहरूको रैथाने जातको आनुवंशिक क्षमताको विकास, पशुधन क्षेत्रमा अल्पकालीक जोखिम प्रबन्ध, प्रविधिमा पशुहरूका संक्रामक रोगविरुद्ध टिकाकरण आन्तरिक परजीवीविरुद्ध डिर्वोमिङ तथा आपतविपद्को बेला पशु राहत शिविरको उपयोग सामेल हुनुपर्छ । नयाँ घाँस एवं दलहनी प्रजाति (गर्मीमा र जाडोमा बाह्रमासी)को खेती तथा पशुहरूका लागि छाप्रोको व्यवस्था गर्ने, पशुधन क्षेत्रमा अनुकूलन तथा समनको सुविधाको अवसर एवं तालमेल समन्वय गर्नुपर्नेहुन्छ ।
माथि उल्लेख गरिएका समाधानका उपाय हाम्रा नीतिनिर्माण योजना आदिमा सामेल हुनुपर्नेछ । बेलैमा त्यसतर्फ सोच्न हाम्रो ध्यान नपुगे जलवायु परिवर्तनको असर कृषिका बालीनाली एवं पशुपालनमा मात्र सीमित नभई मानव समुदायले भोकमरी, कुपोषण अनि नयाँ नौला रोगको सामना गर्नुपर्नेछ । कोभिड–१९ ले यसतर्फ चुले निम्तो दिएको छ ।






