नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा नेवापसका तर्फबाट अध्यक्ष कसमस विश्वकर्मा र केयूबाट रजिष्ट्रार प्रा. डा. सुबोध शर्माले हस्ताक्षर गरेका हुन् ।
विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताले गर्दै आएका अध्ययन, अनुसन्धान तथा खोज सञ्चारमाध्यममार्फत् आमनागरिक र नीति निर्मातासम्म पु¥याउने मुख्य लक्ष्यसाथ समझदारी भएको हो । समझदारी पत्रअनुसार अनुसन्धान तथा अध्ययनका निचोड तथा सुझाव व्यवहारमा कार्यान्वयन गर्ने वातावरण बनाउन समूहले आफ् ना सञ्चारमाध्यममार्फत भूमिका निर्वाह गर्नेछ ।
विश्वविद्यालयले पनि आफूले गरिरहेका अध्ययन, अनुसन्धान तथा खोज समूहलाई उपलब्ध गराउनेछ । यसैगरी, वातावरण र दिगो विकासका मुद्दामा दुई संस्थाले संयुक्त रूपमा राष्ट्रिय बहसका कार्यक्रम पनि गर्ने छन् । केयूका उपकुलपति प्रा. डा. भोला थापाले समझदारी पत्रले दुई संस्थाबीचको सहकार्यको बाटो खोलेको बताए ।
नेपाल वातावरण पत्रकार समूह ३५ वर्षअघि स्थापना भएको वातावरण पत्रकार र काठमाडौं विश्वविद्यालय २९ वर्षपहिले स्थापना भएको प्राज्ञिक संस्था हुन् । नेपाल वातावरण पत्रकार समूह अध्यक्ष विश्वकर्माले अध्ययन÷अनुसन्धान जनतासम्म पु¥याउने मुख्य लक्ष्यसाथ समझदारी गरिएको जानकारी दिए ।






