स्वास्थ्य राज्यमन्त्रीको प्रतिबद्धता र चुनौती

प्रारम्भः आज मेरा अनन्य मित्र जोसँग कुनै कालखण्डमा शिक्षा मन्त्रालयअन्तर्गतको एक कार्यालयमा सँगै कार्यरत रहेका थियौं, उनको ’boutमा कलम चलाउने प्रयास गरेको छु । उनी हुन् यत्तिखेर सार्वजनिक चासोका रूपमा देखिएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ । समान पदमा हामी काम गथ्र्याैं । उमेशजीले व्यापारलाई आफ्नो पेसा बनाउनुभयो, मैले ३६ वर्ष सेवा गरेर राष्ट्रका लागि खासै केही उल्लेखनीय र उपलब्धिमूलक कार्य गर्न नसकी सेवा निवृत्त भए । मित्र उमेशजी राष्ट्र सेवामा समर्पित भएर केही राम्रा नतिजा स्वास्थ्य क्षेत्रमा हासिल गर्न दृढ संकल्पित हुनुहुन्छ । प्रतिबद्धता देख्दा खुसी लागेको छ । कार्यकालमा प्रतिबद्धताअनुसारको उपलब्धि हासिल गरी सफलता प्राप्त होस् अग्रिम शुभकामना !

राज्यमन्त्रीजीका प्रतिबद्धताः प्रधानमन्त्री शेरबहादुर देउवाजीको प्रथम, दोस्रो र तेस्रो प्राथमिकता कोभिड–१९ को संक्रमणबाट नेपालीहरूलाई मुक्त गराउने खोप प्रदान गर्ने प्रतिबद्धता स्पष्टताका साथ आएकोमा यसलाई मूर्तरूप दिन नतिजामा देखाउनेगरी उमेशजीबाट कार्य प्रारम्भ हुँदै आएको छ । यसबाट उहाँ प्रधानमन्त्रीको प्रतिबद्धतालाई मूर्तरूप दिई नेपालीको बाँच्ने अधिकार सुरक्षित गर्न लागि पर्नुभएको छ, यसको शुभ लक्षण हालै स्वास्थ्य मन्त्रालयले खोपका लागि देखाएको तदारुकता र थप मात्रा प्राप्त गर्न हुँदै आएको पहलकदमीबाट देखिएको छ । यो मन्त्रीको सफल नेतृत्वको शुभ लक्षण हो ।

पेसागत प्रतिबद्धताः स्वास्थ्यको क्षेत्रमा सबै स्वास्थ्यकर्मीलाई पेसागत प्रतिबद्धता पालना गराउन पहलकदमी गराउनु अहिलेको प्रमुख आवश्यकता हो । देशका सबै राजनीतिकर्मी समाजवादका दिशामा अग्रसर छन् । यसैमा देशको संवैधानिक प्रतिबद्धता आएको छ । समाजवादको गन्तव्यमा पुग्न नेपालका अधिकांश जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकाले यही क्षेत्र बाधक बनेको छ । देशका गरिब नागरिकलाई सम्भ्रान्त परिवारले प्राप्त गर्ने स्वास्थ्य सुविधा प्रदान गर्न प्रयासरत रहने अत्यन्त महान् प्रतिबद्धता आएकोमा सहर्ष सबैले स्वीकार र स्वागत गर्नुपर्छ । अपवादबाहेकका स्वास्थ्यकर्मीहरूले यस क्षेत्रलाई अस्वस्थ प्रतिस्पर्धामा आधारित व्यापार बनाएका छन्, यसलाई सुधार गर्नु जरुरी छ ।

अर्को कुरा मन्त्रीजी राजनीतिकर्मीभन्दा पनि सफल व्यवसायीका रूपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । भोजपुरको सामान्य परिवारमा जन्मिनुभएका उमेशजी उहाँकै शब्द र स्वीकारोक्तिमा २५ अर्ब रकम नेपालको शिक्षा, स्वास्थ्य, कृषि र जल विद्युत् क्षेत्रमा लगानी गर्न सफल हुनुभएको छ । एउटा व्यापारीका लागि यो अत्यन्त ठूलो प्रगति र सफलता हो । व्यापार व्यवसाय गर्ने सबैको एक मात्र उद्देश्य नेपाली सन्दर्भमा आर्थिक तरक्की गर्नु हो । नेपालका थुप्रै उद्योगी व्यापारीहरूले व्यक्तिगत आर्थिक प्रगतिका आधारमा उनीहरूले राष्ट्रलाई बुझाएको कर रकमको लेखाजोखा गर्नु हो भने उनीहरूको असलियत स्पष्ट हुन्छ । मित्र उमेशजी यस कसीमा परीक्षण हुँदा कहाँनेर पर्नुहुन्छ, मूल्यांकनको विषय हुन सक्ला । अहिले उहाँका ’boutमा बजारमा चौतर्फी आशंका छ, एउटा व्यापारी जसले अल्पअवधिमा प्रशस्त स्रोत संग्रह गर्ने सफलता प्राप्त गरेको छ, उसको सन्तुष्टिको बिन्दु कहाँ गएर पूर्णविराम लाग्छ ? अनुमान गर्न सकिँदैन । यही कारण हो उमेशजीको लगानीका क्षेत्र लाभान्वित हुनेगरी अन्य क्षेत्रगत मन्त्रालयबाट फाइदा लिनेगरी नीति तय हुन सक्नेछन्, स्वास्थ्यसम्बन्धी नीति र निर्णय हुँदै जानेछन् । नेपालीमा नकारात्मक संस्कारको विकास भएको छ । उमेशजीको तर्कसँग सहमत हुँदै गर्दा आशालाग्दा राजनीतिज्ञसमेत विगतका समयमा आफ्नो प्रतिबद्धताबाट विचलित भएका छन् । राजनीति गर्नेहरू जनताका नजरमा प्रिय बन्न सकेका छैनन् । शंका राज्यमन्त्रीमा समेत छ । यसको निवारण अब सम्पादित कार्यबाट जनतामा पार्ने प्रभावले मात्र निर्धारण गर्नेछ । यसमा आशा लाग्ने गरी प्रतिबद्धता आएको छ । अब तपार्इंको व्यक्तिगत सम्पत्तिको ठूलो हिस्सा राज्यलाई प्रदान गर्ने स्वतःस्फुर्त प्रतिबद्धताबाट तपार्इंप्रति गरिएका आशंकाको निवारण केही हदसम्म हुन पुगेको छ किनकि जसले आर्जित रकम राज्यलाई समर्पण गर्ने महान योगदान गर्छ त्यस्तो व्यक्तिलाई अब थप अर्थआर्जन गर्नु र त्यसैबाट आफ्नो बदनामी कमाउनुको मूल्य रहँदैन । यस अर्थमा तपाईंबाट नेपाली माटोले केही अपेक्षा गरेको अवस्था छ । आफ्नो गन्तव्य र भाग्यको निर्माण गर्ने अवसर मन्त्रीजीलाई प्राप्त भएको छ, आशा गरौं अवसरको सदुपयोग हुनेछ ।

यी प्रतिबद्धताहरूका अतिरिक्त अन्य धेरै प्रकारका प्रयास स्वास्थ्य सेवाको सुधारका लागि गरिने दृढता आएको छ । भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य क्षेत्रको उपयुक्त व्यवस्थापन, समग्र जनशक्तिलाई सेवाप्रति पूर्ण प्रतिबद्धताका साथ समर्पित हुने गराउने, यसका लागि आफैंबाट प्रारम्भ गर्ने, वीर अस्पतालमा आगामी एक महिनाभित्र कोरोना संक्रमणको तेस्रो चरणको सामना गर्न बालबालिकाका लागि ५ सय बेडको क्षमता पु-याउनेलगायतका आसलाग्दा संकल्प गरिएका छन् । नेपाली नागरिक प्रगतिको कामना गर्दै प्रतिक्षारत रहेका छन् ।

स्वास्थ्य राज्यमन्त्रीजी सफल व्यवसायीजस्तै मन्त्रीका रूपमा पनि आफ्नो पहिचान बनाउन सफल हुनुहोस्

चुनौतीहरूः प्रतिबद्धता पूरा गर्न दृढ रहँदै गर्दा थुप्रै चुनौतीको सामना गर्नुपर्नेछ । नेपालको सरकारी संयन्त्र अत्यन्त ज्यादा राजनीतीकरणबाट ग्रसित छ । स्वास्थ्य मन्त्रालयमा पनि यस प्रकारको विकृति र पेसालाई व्यापारमा परिणत गर्ने प्रवृत्ति हावी भएको छ । कानुनी प्रावधानको अत्यन्त न्यून पालना हुने मन्त्रालयका रूपमा स्वास्थ्य मन्त्रालयले आफ्नो पहिचान बनाएको छ । असल र सेवाप्रति समर्पित हुने चिकित्सकलाई राजनीतिक पूर्वाग्रह नराखी जिम्मेवारी प्रदान गर्न सक्नु नै यथार्थमा सुधारका दिशामा अघि बढ्नु हो । नेपालको राजनीतिक परिस्थितिले यस प्रकारको व्यवस्थापनमा अवरोध मात्र सिर्जना गरिराखेको अवस्था देखिएको छ । परीक्षण भइसकेका पात्रबाट यसमा ताŒिवक भिन्नता र परिवर्तनको अपेक्षा गरिहाल्ने समय भएको देखिँदैन । यो परिस्थितिबाट स्वास्थ्य क्षेत्र प्रभावित हुन नदिने प्रयास हुनु जरुरी छ ।

भ्रष्टाचार नेपालका लागि ठूलो विकृतिका रूपमा रहेको छ राजनीतिक क्षेत्र यस समस्याबाट बाहिर आउने प्रयासमा समेत देखिएको छैन । राजनीतिमा शुद्धीकरण नआएसम्म अन्य क्षेत्रमा सुधार हुन सक्दैन । विपरीत धारमा नेपालको राजनीति अघि बढेको छ । स्वास्थ्य मन्त्रालय यसबाट अत्यन्त ग्रसित भएको क्षेत्र हो । यसअघि स्वास्थ्य सामग्रीको आपूर्तिमा भएको आलोचनाबाट मन्त्रीजी निश्चय पनि जानकार हुनुहुन्छ । एउटा व्यापारीलाई एकाधिकार दिने नाममा भए गरेका कुकृत्य नागरिकहरूको मन मस्तिस्कमा ताजै छन् । कालोसूचीमा राखिएको, निर्धारित समयमा सामान आपूर्ति गर्न नसकेकाले ठेक्का रद्द गरिएको, जरिमानासमेत तोकिएकालाई उसले गर्नुपर्ने ढुवानी राष्ट्रिय ध्वजावाहक वायु सेवाले निःशुल्क गरिदिएको र सोको रकम सरकारसँग दाबी मात्र गरिएको होइन, सो दाबी गरेको रकम को भुक्तानी गर्न पेस गर्ने संयन्त्रसँग काम गर्नुपर्ने अवस्था छ । कानुनको पक्षपाती रहेका राष्ट्रसेवकलाई दण्डस्वरूप सरुवा गर्न सरकार नै लागेको अवस्थाको इतिहास स्वास्थ्य मन्त्रालयसँग सुरक्षित छ । तिनै पात्रबाट सबैतिर घेरिएको अवस्था छ । यो परिस्थितिमा सुधारका लागि कार्यरत रहन सहज छैन ।

दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पुगेका छैनन्, उपचारका लागि आवश्यक उपकरण र प्रविधि सरकारले उपलब्ध गराउन सकेको छैन । निरपेक्ष गरिबीको रेखामुनिका जनताले समयमा सिटामोल पाएका छैनन्, नव धनाढ्यहरूले ठूलो धनराशिको सहयोग पटकपटक पाइराखेका छन् । यो गलत प्रवृत्तिविरुद्ध सुधार गर्दै अघि बढ्नु अपरिहार्य छ । तर, यसका लागि ठूलो योगदानको जरुरी हुन्छ, बाधा अवरोध प्रशस्त देखिनेछन् ।

जनताले स्वास्थ्य क्षेत्रका भिष्म पितामहका रूपमा स्वीकार र सम्मान गर्दै आउनुभएका सत्पात्र डा. गोविन्द केसी र अन्य नागरिक समाजका अगुवालाई मन्त्रीजीको पेसागत पृष्ठभूमिका आधारमा यहाँले प्राप्त गर्नुभएको जिम्मेवारी सहज लागेको छैन । सचेत नागरिक, समाजसेवी, नागरिक समाजका अगुवाले विशेषगरी भ्रष्टाचार र स्वार्थ गाँसिएका विषयमा स्वास्थ्य मन्त्रालयका आगामी क्रियाकलापको सूक्ष्म अवलोकन गर्ने छन्, यसका लागि उनीहरू तत्पर रहेको अनुभूति भइराखेको छ । यिनै समूहबाट समर्थन प्राप्त गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने स्थिति आफंैमा सहज छैन । व्यापार व्यवसायलाई प्राथमिकतामा राखेर कार्य गरी राखेकाबाट मन्त्रीजीले असहयोगको सामना गर्नुपर्नेछ ।

स्वास्थ्य राज्यमन्त्रीको व्यक्तिगत चरित्र र सदाचारिता’bout नेपालीले आलोचना र विरोधमा उत्रिनुपर्ने अवसर सिर्जना नहोस्

स्रोत साधनको अभाव छ, विशेषगरी स्वास्थ्य क्षेत्रमा राष्ट्रिय बजेटको विनियोजन उपयुक्त प्रकारले हुन सकेको छैन । क्षेत्रगत मन्त्रालयबीच समन्वय गर्ने सन्दर्भ आफंैमा चुनौतीपूर्ण छ । सार्वजनिक खरिद प्रक्रिया अत्यन्त कमजोर छ, आपूर्ति भएका सामान न्यून गुणस्तरका हुने भएकाले सार्वजनिक क्षेत्रको स्वास्थ्य सेवाप्रति सर्वसाधारणदेखि सम्पूर्ण नागरिक विश्वस्त हुन सकेका छैनन्, विपरीत दिशातर्फ अघि बढेको र मूल प्रवाहीकरण भएका संस्थामा अल्पअवधिमा सुधार ल्याउने सन्दर्भले कति उपादेयता प्राप्त गर्ने हो ? अनुमान गर्न कठिन छ । स्वास्थ्य मन्त्रालय स्थिति बिग्रिएको, कानुनी प्रावधानको निरपेक्ष रूपमा प्रयोग नगर्ने अवस्थाबाट गुज्रिएको छ । यस दृष्टिकोणबाट विश्लेषण गर्दा अन्य क्षेत्रगत मन्त्रालयको तुलानामा स्वास्थ्य मन्त्रालय बढी प्रभावित छ ।

निष्कर्षः बिग्रिएको अवस्थालाई सुधार गर्दा कार्य सम्पादनको मूल्यांकन अब्बल हुनेछ । प्रधानमन्त्रीजीले आमन्त्रण गरेर मन्त्री बन्न अनुरोध गरेको र परिणामको अपेक्षा प्रधानमन्त्रीले गर्नुभएको जस्ता मन्त्रीजीका अभिव्यक्तिको सार्थकताका लागि शीघ्र दीर्घकालीन र अल्पकालीन रणनीतिको तर्जुमा सम्बन्धित क्षेत्रका विज्ञको सहयोगबाट गर्नु उपयुक्त हुनेछ । असल व्यवस्थापकले सामूहिक प्रयासबाट गन्तव्यमा पुग्ने मार्गचित्र तयार गर्दै अघि बढ्नुपर्छ । यस्ता नीतिहरू समय तोकी स्वेतपत्रका रूपमा सार्वजनिक गर्नु जरुरी छ । खोप प्रथम प्राथमिकतामा पर्नु जरुरी छ, यसबाट संक्रमणबाट बच्ने स्थिति निर्माण हुन्छ । स्वच्छता, लगनशीलता, इमानदारिता सच्चरित्रताको प्रारम्भ आफंैबाट हुनुपर्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रष्टाचार र स्वार्थको संघर्ष प्रमाणित हुने सन्दर्भबाट अलग राख्नु जरुरी हुन्छ । मन्त्री इमानदारिताका साथ प्रस्तुत हुँदा त्यस संस्थाको संयन्त्रमा स्वतः सुधार आउने अवस्था बन्छ । विगतको सरकारको पदचिह्नको अनुकरण स्वास्थ्य मन्त्रालयबाट भई भ्रष्टाचारमा लिप्त हुने अवस्थाबाट समग्र संस्थालाई सुधार गर्नुपर्छ । यी सबै चुनौतीको सामना गर्दै सुधारका दिशामा अग्रसर हुँदा असहज परिस्थिति निर्माण हुने सम्भावना प्रबल छ । त्यस अवस्थामा जनतालाई सुसूचित गरी सहयोगको अपेक्षा गर्न सक्नुपर्छ ।

व्यक्ति विषेशको अवगुणलाई उजागर गर्दै त्यसैका आधारमा आलोचनामा उत्रिने हामी नेपालीको शैलीमा सुधार आउनु जरुरी छ । स्वास्थ्य राज्यमन्त्रीजीको प्रतिबद्धतालाई स्वागत गरौं, सहयोग गरौं किनकि व्यक्तिमा सुधार आउन सक्छ । सुधार उन्मुख भएको व्यक्तिलाई उत्साहित गर्नु हामी सवैको कर्तव्य हुन आउँछ । सिर्जनात्मक कार्यमा उहाँको सम्पत्तिको प्रयोग भएको समाचारबाट नागरिक सुसूचित हुने अवस्था बनोस् । नेपालको जनसंख्यालाई पुग्नेगरी ६ महिनाभित्र सबैलाई खोप उपलब्ध होस् । व्यक्तिगत चरित्र र सदाचारिता’bout नेपालीले आलोचना र विरोधमा उत्रिनुपर्ने अवसर सिर्जना नहोस् । राज्यमन्त्रीजीका प्रतिबद्धता’bout केही समयसम्म शंकाको सुविधा हामी नागरिकले उहाँलाई प्रदान गरांै, मूल्यांकन गर्ने स्थानमा सार्वभौम नेपाली रहेका छन्, पुनः मित्र राज्यमन्त्रीजीलाई शुभकामना !

 

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने