नेपाल बैंकका कर्मचारी साहसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेड मलंगवा शाखा सर्लाहीको सहायक सन्तोषविक्रम साहसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बैंकको ऋण फाँटमा सहायक पदमा कार्यरत साहविरुद्ध ४२ लाख रुपैयाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै सोहीबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली-पाँच कुमारी जेभीका पार्टनरहरू अनिल गुप्ता र शिवनन्दन पासवानसगँको मिलोमतोमा ४२ लाखको नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको र सोही आधारमा रकम भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ ।

नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको भन्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

अख्तियारले नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक सन्तोषविक्रम शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली÷पाँच कुमारी जेभीका पार्टनरहरू अनिल गुप्ता र शिवनन्दन पासवानसँगको मिलोमतोमा सो रकम हिनामिना गरेका अख्तियारमा आरोपपत्रमा उल्लेख छ । अख्तियारले तीनै जनाविरुद्ध ४२ लाख रुपैयाँसहित सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?