अब मोबाइल एप्लिकेशनबाट नाप नक्सासम्बन्धी काम

कास्की । नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (SOKP) लञ्च गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपको ’boutमा तयार गरिएको भिडियो क्लिक गरेर आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गरेकी हुन् ।

नापी विभागले आयोजना गरेको नाप नक्सा सम्बन्धी दुई दिने सिप विकास सम्बन्धी गोष्ठीको समापन गर्दै मन्त्री अर्यालले कास्कीले शुरु गरेको सेवा देशभर लागु गरिने बताइन् । मालपोतमा सेवा शुरु भइसकेको भन्दै उनले अब देशभर लागु गरिने बताइन् ।

सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई जोड दिदै जग्गा प्रशासनको सुधार गर्नका निम्ति अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रविधिले छिटोछरितो सेवा लिन, सुशासनका निम्ति महत्वपुर्ण भूमिका खेलेको बताइन् । सेवामा प्रविधिको प्रयोगको रिजल्ट विस्तारै आउदै गरेको भन्दै उनले छोटो समयमा काम सम्पन्न गरेर घर फर्कन सेवाग्राहीलाई सजिलो भएको बताएकी छन् ।

हिजोको शैलीले काम नहुने भन्दै मन्त्री अर्यालले हुने काममा ढिलासुस्ती पाच्य नहुने बताउनुभयो । ऐनकानुनले दिने काममा नलाग्न कर्मचारीलाई आग्रह गरिन् । ‘अनुचित कुरामा दबाब दिइँदैन । ऐनकानुनले नदिने कुरामा नलाग्नुस’, मन्त्री अर्यालले भनिन्, ‘जनताको सुबिधा हुने कुरामा तपाईहरुले छिटो गरिदिनुस् । हुने काम ढिलो नगरिदिनुस । व्यक्तिगत इन्ट्रेष्ट नराख्नुस् ।’

कास्कीले तयार गरेको मोबाइल एप विस्तार गरेर देशैभर पुर्याइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए । प्रविधिको उच्चतम प्रयोग गर्दै अगाडि बढेको भन्दै महानिर्देशक जोशीले कार्यालयको छबी पनि सुधार गर्ने कार्यमा लागेको बताएकी छन् ।

नापी कार्यालय कास्कीका कार्यालय प्रमुख नापी अधिकृत खिमलाल गौतमले नेपालको भूमि प्रशासनमा शुद्धता ल्याउनका निम्ति नापी कार्यालय कास्कीद्वारा “नापी पोखरा, SOKP” मोबाईल एपप तयार गरिएको जानकारी दिए ।

नापी कार्यालय कास्कीबाट दिइने दैनिक सेवाहरु टोकन लिन, फर्म भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्सा प्रिन्ट, नक्शा ट्रेश उतार, प्लट रजिष्टर उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण एपपमार्फत लिन सकिनेछ ।

एपपमा कार्यालयबाट सेवा लिनका लागि आवश्यक विभिन्न निवेदनका ढाँचाहरु उपलब्ध छ । कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचनारजानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था समेत एपमा राखिएको छ ।

नेपालको जग्गा प्रसाशनको क्षेत्रमा यसप्रकारको मोबाईल एप, पहिलो पटक कास्कीबाट सुरु गरिएको हो।
मालपोत, नापी जस्ता दैनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा विचौलियाको सहयोग विनानै सेवा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिनको लागी पहिलो पटक यस प्रकारको Interactive Mobile Application को सुरुवात गरिएको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

epaper

ताजा समाचार

वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान