२०४४ सालतिर म त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययनरत थिएँ । त्यतिबेला विश्वविद्यालयमा राजनीतिक चहलपहल अर्कै थियो । त्यति मात्र होइन, होस्टेलमा बसेर साथीहरूसँग विविध कुरा गर्दै क्याफेमा सयौं साथीहरूसँगै बसेर खाना खाँदा हुने रमाइलो अर्कै थियो । यसैक्रममा हामी ८÷९ हजार साथीबीच क्याफेमा खानाखाने क्रममा कुरा गर्दा थाहा भयो । २०२५ सालमा जन्मेको म त्रिभुवन विश्वविद्यालयमा पढ्ने साथीहरूमध्ये सबैभन्दा कान्छो विद्यार्थीका रूपमा रहेको रहेछु । त्यतिबेलाको यो १९÷२० वर्षे ठिटोको विश्वविद्यालयको पढाइ साथीहरूको रमाइलो र राजनीतिक संलग्नता साँच्चै भन्ने हो भने असीम आनन्दको अनुभव थियो ।
त्यतिबेला हामी विद्यार्थीहरू कक्षामा कुनकुन सरहरूले कस्तोकस्तो पढाउनुभयो देखि विद्यार्थी नेताहरूले के कस्तो भाषण गरे त्यसको चर्चामा बढी व्यस्त हुन्थ्यो । त्यति मात्र होइन विश्व समुदायको राजनीति र नेपालको राजनीतिमा के गर्नुपर्छ त्यस्तो राजनीतिक सञ्चारमा समेत हामी चेतनाका संवाहक विद्यार्थीहरू सतत यात्रारत र चिन्तनरत हुने गथ्र्यौ ।
विश्वविद्यालयको प्रांगणमा नेवि संघका नेताहरूको भाषण भइरहेको थियो । त्यसैक्रममा नेता बालकृष्ण खाँड अर्थात् नेवि संघका त्रिवि सभापतिको भाषण भइरहेको थियो र अन्य विद्यार्थी नेताहरूको पनि भाषण हुँदै थियो । ती सबै भाषण सुनेर म होस्टेलको आफ्नो ‘ख’ बल्कको ११६ नं. को कोठामा गएर बसेको थिए र अब के पढ्ने भन्ने सोच्दै थिए । त्यतिबेलै ढोकामा कसैले ढकढक गरेको आवाज आयो । मैले ढोका खोलेर हेर्दा बालकृष्ण खाँड हुनुहुँदो रहेछ । उहाँले ईश्वरीजी यता आउनुहोस् भनेर आफ्नो कोठामा लगेर बस्नुहोस् भन्नुभयो र सोध्नु भो तपाईंले मेरो भाषण सुन्नु भो मैले भने हो मैले भाषण सुने । त्यसपछि उहाँले भन्नु भो मेरो भाषण तपाईंलाई कस्तो लाग्यो ? त्यतिबेला मैले भने तपाईंको भाषण पाको नेताको भाषण छ तर तपाईं अहिले युवा र युवा नेता हुनुहुन्छ । यस अनुरूप सरर्र युवा नेताको प्रवाहात्मक चेतको भाषण भएको भए अझ राम्रो हुने थियो । समग्रमा यहाँको भाषण राम्रो छ धेरै राम्रो छ ।
२०४८ सालको चुनावको सरगर्मी देशभर चलिरहेको थियो । म रूपन्देहीको मणिग्राम ४ नम्बर आफ्नो घर कीर्तिपुरबाट गएको थिए । त्यतिबेला हाम्रो घर बन्दै गरेको रमाइलोमा म थिएँ । यस्तैमा बुटवलबाट बालकृष्ण खाँड दाइ चुनावमा उठ्दै गरेको हुनुहुन्थ्यो । मलाई भित्रैबाट घरमा बस्न र त्यहाँ भुल्न मन लागेन म बसबाट बुटवल पुगे त्यहाँ बालकृष्ण खाँड दाइकै घरमा पुगेर चुनावको सगरगर्मीले तातेको राजनीतिक तातो गर्मीको वातावरण हेर्दै थिएँ । बालकृष्ण खाँड दाइ आउनुभयो र के छ कस्तो छ सोध्नुभयो र मित्र विष्णु वाग्लेसँग पनि मेरो कुरा भयो ।
त्यतिबेलै पनि म भाषण सुन्नमा तल्लीन भए सुन्दै जाँदा थाहा भयो त्यो भाषण नेता बालकृष्ण खाँडको पो रहेछ
चुनाव प्रचारको क्रम चल्दै थियो । मैले हेरे त्यहाँ मेरो केही पनि काम थिएन । भएको काम भनेको चुनाव प्रचारका क्रममा पर्चा पम्पलेट टाँस्ने थियो । कुन्नि किन हो मलाई त्यो सानो काम गर्न मन लागेन र म बुटवलबाट बसमा चढेर मणिग्राम घरमा पुगे । त्यहाँ गएर बस्दा चुनाव छ मैले बालकृष्ण खाँड दाइलाई के सहयोग गर्ने, कस्तो सहयोग गर्ने मेरो मन द्वन्द्वग्रस्त भयो । त्यतिकैमा मेरो मन मस्तिष्कमा एउटा लेखको शीर्षक फु¥यो रूपन्देहीको सौभाग्य बालकृष्ण खाँड ।
यस लेखमा मैले २०४६ सालको आन्दोलन र त्यसमा गणेशमान सिंहले विद्यार्थी नेताहरूको नेतृत्व अघि बढाएर आन्दोलन गर्नुपर्छ भने अनुरूप नेवि संघ र अखिल मिलेर आन्दोल गर्ने निर्णयअनुरूप नेवि संघका नेता बालकृष्ण खाँड र अखिलका नेता शंकरप्रसाद पोखरेलको विद्यार्थी राजनीति नेतृत्वमा देशको राजनीतिक आन्दोलन अघि बढेको थियो र त्यसमा मूल नेतृत्व नेता बालकृष्ण खाँडकै थियो र त्यो आन्दोलन चल्यो । देशभर आन्दोलनले सनसनी राजनीतिक व्यापकता लियो र फलस्वरूप देशमा प्रजातन्त्र आयो । यसरी देशमै निर्णायक ठूलो आन्दोलनका नेता बालकृष्ण खाँड थिए । यस्ता नेता रूपन्देहीले पाउनु भनेको साँच्चै भन्ने हो भने रूपन्देहीकै सौभाग्य हो र यस्ता नेतालाई हामीले मन खोलेर सहयोग गर्दै चुनावमा जिताउनुपर्छ र अहिलेको हाम्रो रूपन्देहीको सौभाग्य भनेको यही हो ।
सरर्र मस्तिष्कमा आयो र खरर्र लेखेर म बुटवल गएँँ र पत्रिकामा यो लेख दिएर घर फर्किएँ । त्यसको दोस्रो दिन पुनः बालकृष्ण खाँड दाइकै चुनाव प्रचारप्रसारको घरमा पुगें । म बैठकमा बसेकै थिएँ र खाँड दाइभित्रबाट आउनुभयो र विष्णु वाग्लेलाई भन्नुभयो तपाईले आजको पत्रिका हेर्नुभयो त्यसमा कस्तो कस्तो लेख छ ? भनेपछि विष्णु वाग्लेले हेरेको छैन भन्नुभयो र बालकृष्ण खाँड दाइले पत्रिका देखाएर हेर्नुहोस् यहाँ यस्तो लेख छ र विष्णु वाग्लेले रूपन्देहीको सौभाग्य बालकृष्ण खाँड शीर्षक देखेर बडो हर्षको भाव प्रकट गरे । त्यसपछि त्यो पत्रिकाको सय÷दुई सयप्रति किनेर चुनाव प्रचारप्रसारको सहयोगी सामग्रीका रूपमा त्यसको प्रयोग गरियो ।
यस्तै, म बुटवलमा घुम्दै थिए । राजनीतिको भाषण भूषण भइरहेको रहेछ र धेरै राम्रो भाषण भइरहेको रहेछ र त्यो भाषणले मेरो ध्यानलाई प्रभावित पा¥यो र म त्यो भाषण सुन्नमा तल्लीन भए सुन्दै जाँदा थाहा भयो त्यो भाषण नेता बालकृष्ण खाँडको भइरहेको रहेछ । महिलासम्बन्धी त्यो भाषण युवा नेता प्रतिभाअनुरूप धाराप्रवाहको शैलीमा प्रवाहमान भएको रहेछ । त्यो भाषण सुनेपछि मलाई त्यो कुरामा खुसी लाग्यो होस्टेलमा मैले भनेको युवा प्रतिभा अनुरूप धाराप्रवाहको भाषणमा यहाँ आएर बालकृष्ण खाँड समर्थन भइसक्नु भएको रहेछ ।
कुन्नि किन हो मलाई थाहा छैन यो राजनीतिक लेखको नेता नायक भनेपछि त्यो नेता नायक यस्तो लेखकको ध्यानमा सधैं भइरहँदो रहेछ । त्यसप्रति लेखकको अध्ययन निरन्तर चलिरहदो रहेछ । त्यसैले होला यसपछि बालकृष्ण खाँड तरुण दलका अध्यक्ष हुनुभयो । मलाई खुसी लाग्यो र म तरुण दलको कार्यालयमा बालकृष्ण खाँडलाई भेट्न गएँ । मेरो लेखको नेता नायकलाई त्यहाँ पनि तरुण दलको पाको नेताका रूपमा पाएँ । त्यसपछि तरुण दलको नेपालभरिको राजनीतिमा देशभरि नै ठूलै लहर छाएको मैले पाएँ । म आफ्नो लेखको नेता नायकप्रति सन्तुष्ट भए ।
यसपछि नेता बालकृष्ण खाँड पार्टीकै संसद्को मुख्य सचेतक भएका थिए र त्यसक्रममा उनको संसद्को प्रस्तुति निकै राम्रो भएको पाएँ । यस्तै, यसपछि कान्तिपुरमा बालकृष्ण खाँडको एउटा राजनीतिक लेख छापिएको पढ्न पाएँ त्यो लेख कस्तो थियो भने जोडदार भाषणको शैलीमा लेखिएको थियो र त्यो लेखले लेख लेख्दै गर्ने हो भने राजनीतिक लेखमा पनि बालकृष्ण खाँड अब्बल दर्जाकै हुनेछन् भन्ने लक्षणहरू चाहिँ लहराइरहेकै थियो ।
बालकृष्ण खाँड यो देशको सम्बन्धमा सबैभन्दा पाको गृहमन्त्री हुनुहुन्छ
अब दाइ सन्दर्भकै कुरा गरौं, म मेरो एक मात्र दाइ नारायणप्रसाद शर्मा गैरेको पुलपुलिएको र धेरै पुलपुलिएको भाइ हुँ । कीर्तिपुरमा अध्ययनका क्रममा मेरो दाइको व्याच मभन्दा अघिल्लो थियो । त्यही ब्याचमा पढ्ने बालकृष्ण खाँड पनि हुनुहुन्थ्यो । त्यसैले दाइ ब्याचको भएकाले उहाँलाई मैले दाइ भन्थे र उहाँले पनि मलाई भाइ भन्नुहुन्थ्यो । यो दाइ ब्याचका सबै दाइलाई मैले सबभन्दा बढी मानसम्मान र माया गर्थे भने उहाँहरूले त्योभन्दा पनि बढी भाइ भनेर माया गर्नुहुन्थ्यो । पढाइमा राम्रो भएकाले दाइहरूको मप्रतिको माया बराबर थियो ।
यस्तै, होस्टेलमा बस्दा नेवि संघको राजनीतिमा कुनै पनि पदमा नबसे पनि वीरबहादुर बलायरजी, देवराज चालिसेजी र बालकृष्ण खाँडका राजनीतिक गतिविधिमा म प्रत्यक्ष सहभागी र संलग्न हुन्थे र त्यतिबेला बलायर र देवराजलाई जी भनेर सम्बोधन गर्ने साथीजस्तै मान्ने मेरो प्रक्रिया थियो भने बालकृष्ण खाँडलाई भने मैले दाइ भन्ने गर्थे ।
अहिले आएर हेर्दा बालकृष्ण खाँड यो देशको गृहमन्त्री हुनुहुन्छ । उहाँ मेरो सन्दर्भमा गृहमन्त्री दाइ हुनुहुन्छ र उहाँको गृहमन्त्रीसम्बन्धी गतिविधि र क्रियाकलाप के कस्तो छन् ? र उहाँ कस्तो गृहमन्त्री हुनु हुने हो त्यो’boutमा मेरो मनमस्तिष्क अध्ययन गर्ने केन्द्रीकृत भएको छ । यो सम्बन्धमा मेरो अध्ययन सतत् जारी छ । समग्रमा विश्वास छ उहाँको यहाँसम्मको राजनीतिक यात्राले उहाँ यो देशको सम्बन्धमा सबैभन्दा पाको गृहमन्त्री हुनुहुन्छ भन्ने प्रमाण माथिल्ला राजनीतिक नेतृत्व र गतिविधिले नै दिइरहेका छन् ।
अन्तमा उहाँ नेपाली कांग्रेसमा प्रधानमन्त्री शेरबहादुर देउवा पछिका सबभन्दा पाको युवा नेता साबित हुनुभएको छ । यस सन्दर्भमा मेरो उहाँप्रति एक भाइले दाइप्रति गर्व गर्ने कुरा छँदै छ र म अहिले भन्दै छु मेरो दाइ गृहमन्त्री हुनुहुन्छ ।






