छठ पर्व र सूर्यको उपासना

नेपालमा मनाइने जुनसुकै पर्व पनि जातजाति र मानवसँग आधारित पर्व छन् । मूलतः तराईमा बस्ने हिन्दूहरूको महान् चाडका रूपमा लिइने छठ पर्वको पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । त्यसरी, नै छठपर्व पनि खासगरी तराईवासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीले मनाउँदै आएको महत्वपूर्ण सांस्कृति पर्व हो । यो प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिन मनाइने छठपर्व हो । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकार विशेषगरी ठेकुवा, भुस्वा कसार आदि पारिवारिक र आफन्तजन एकै ठाउँमा बसेर खाने गरिन्छ । यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यसमा खासगरीकन व्रतले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यस दिनदेखि व्रत बस्न थाल्छन् । त्यसपछि दोस्रो दिन पञ्चमी तिथिलाई ‘खरना’ भनिन्छ । फलतः गाईको गोबरले लिपपोत गरी अरुवा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतातुले यस दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस गरेर सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतालुले पूर्ण व्रत लिनुपर्छ ।

त्यसैगरी षष्ठीका दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटानपिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । यसरी पर्वको अन्तिम दिन सप्तमीका दिनलाई पार्वण भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । यसको साथै व्रतालुले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । त्यसपछि छठपर्व सम्पन्न हुन्छ । यो सूर्यको व्रत बस्ने वा उपसना गर्ने पर्व हो । यसमध्ये छठपर्व पनि एक हो । यसर्थ हिन्दू धर्ममा छठपर्व कात्तिक र चैत महिना गरी वर्षको दुईपल्ट मनाइने भए तापनि कात्तिक शुक्ल पक्षमा भने विशेष र बृहत् रूपमा सूर्यनारायणको पूजा गरिन्छ । अस्ताचलमा पुगेका सूर्यको आराधना र उदीयमान सूर्यको पूजाआजा गरिने यो पर्व लक्ष्मीपूजाको छैटौं दिनमा पर्छ । यो पर्वमा भगवान्लाई अर्पण गर्न बनाइएका खाद्य परिकार चोखो हुनुपर्ने, जुठो पर्न भए अनिष्ट हुने र कुष्ठरोगको सिकार हुनुपर्ने धार्मिक विश्वास रहेको छ । पूजा सकिएपछि व्रतालुले यिनै प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने घरका सदस्यलाई पनि खुवाउने चलन छ ।

छठी व्रत बसी छठीमाईको पूजा आराधना गरे धन, पुत्र, पति वा मनले चिताएको वर प्राप्ति तथा छाला र कुष्ठ रोगबाट मुक्ति पाइने लोकोक्ति जनमानसमा छ

सयौं वर्षअघिदेखि यो पर्व खास गरी कन तराई भागमा बसोबास गर्ने हिन्दूहरूले मान्दै आएका छन् । यो पर्व कहिलेदेखि मनाएको भन्ने चाहिँ ऐतिहासिक लिखोट भने हालसम्म पनि कतै प्राप्त हुन सकेको छैन । हाल यो पर्व के तराई, के पहाड, के काठमाडौं सबै ठाउँमा मनाउन लागेकोे पाइन्छ । केही वर्षअघिसम्म काठमाडौंबासीलाई छठपर्वका सम्बन्धमा केही थाहा थिएन । यो पर्व आठ÷नौ वर्षयता यो यहाँका बासिन्दाका लागि मनचिन्ते पर्वका रूपमा परिचित हुँदै गएको छ । खासगरी कन यस व्रतप्रति रुचि राख्ने महिला तथा पुरुषवर्ग, साना–साना बालबालिका समेतले पनि छठको व्रत बसी पूजाआजा गर्न मन पराउनेको संख्यामा वृद्धि भएको पाइन्छ । यहाँ खास गरीकन थापाथलीको बाग्मतीको किनार र पशुपतिनाथको बाग्मतीको किनारमा व्रत बस्ने व्रतालुहरूको संख्या बढ्दै गएको देखिन्छ । यस पर्वमा सबै उमेरका महिला सक्रिय रहने छठ पर्वमा कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो सूर्यलाई पूजा गर्ने र रातभर जाग्राम बसी भजनकीर्तन गरी पुनः बिहान उदाउँदो सूर्यलाई पूजा गरिन्छ । अतः देवीभागवतअनुसार षष्ठीको व्रत र पूजापाठ गर्ने व्यक्तिलाई मनोकामना पूरा हुन्छ । भनिन्छ, यो व्रत बसेमा छठीमाईको व्रत र पूजा आराधना गरे धन, पुत्र, पति वा मनले चिताएको वर प्राप्ति र छालासम्बन्धी, कुष्ठ रोगहरूबाट मुक्ति पाइने लोकोकृत जनमानसमा रहेको छ ।

छठकोे अन्तिम दिन उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अधिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन्

त्यसैगरी, पौराणिक कथाअनुसार महाभारत पर्वको कथाअनुसार पाँच पाण्डव, गान्धार राजा शकुनी जुवा खेल्दा पाँच पाण्डव जुवामा सर्वस्व सम्पत्ति र दरबारसमेत हारेपछि वनवास जानुपरेको र पाण्डव पत्नी द्रौपदीले १ सय ८ पटक सूर्यको मन्त्र जप गरी षष्ठीको दिन छठ पर्वको व्रत बसेका कारण व्रतको प्रभावले आफ्नो सम्पूर्ण पाप र दशाग्रह शान्त भई पुनः पाण्डवले राजकाज सम्हाल्न पाएको कुरा उल्लेख छ । सूर्यपुराणमा वर्णन भएअनुसार अत्रि मुनिकी पत्नी अनसुयाले कात्तिक शुक्ल षष्ठीको व्रत गरेपछि छठ पर्वको शुभारम्भ भएको हो भने अर्कोतिर द्वापरयुगमा पाण्डपकी आमा कुन्तीले आफ्ना गुरुबाट पाएको मन्त्रको परीक्षण गर्न सूर्यको उपासना गर्दा प्रसन्न भएका सूर्य स्वयं उपस्थित भई आफूजस्तै तेजस्वी पुत्र कर्ण दिएर उनको मनोकामना पूर्ण गरिदिएका थिए । त्यसैबेलादेखि नै छठ पर्वको परम्परा चल्दै आएको मान्यता छ ।

समग्रमा भन्नुपर्दा हिन्दूहरूको महान् चाड लगत्तै तराईका विभिन्न स्थानमा महत्वपूर्ण पर्व छठको तयारी धुमधामका साथ भइरहेको छ । हाम्रो देशको तराई भूभागको विभिन्न सहरमा विद्यमान पोखरी, सागर, नदी, ताल, तलाउ आदिमा पनि छठपर्वलाई आकर्षक र झकिझकाउ बनाउन सबैतिर प्रकाशको व्यवस्था गरिएको छ । यसरी व्रतमा राति घाटमा व्रतालु र सर्वसाधारणलाई बसाउन धार्मिक र सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गर्ने गरिन्छ । यो व्रतमा पशुबधबाट पूर्णरूपमा पृथक रहेको हुन्छ । यो पर्व विशेषगरी शुक्लपक्षमा मनाउन सो पर्व चार दिनसम्म मनाइन्छ । यसरी अन्तिम दिन बिहानै उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतालुले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखु गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रातः कालीन अर्घमा दीपमालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति हुन्छ । यस वर्षको छठ पर्व कात्तिक २४ गते बुधबार परेको छ । यो व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

epaper

ताजा समाचार

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो